टोकियो/जापान। जापानको रक्षा मन्त्रालयले सन् २०३० सम्ममा हाइपरसोनिक मिसाईलहरु तैनाथ गर्ने बारे विचार गरिरहेको छ। निक्केईॉा प्रकाशित एक खबरका अनुसार यस मिसाईलले प्रतिआक्रमण क्षमताहरू बढाएर प्रतिरोधात्मक क्षमतालाई बढाउने छ ।

युक्रेनमा रूसको आक्रमणले विश्वव्यापी सुरक्षा वातावरण र उत्तर कोरियाको बढ्दो मिसाईल प्रक्षेपणको श्रृंखला र चीनको सैन्य प्रभावले जापानलाई खतरामा पारेकोले मन्त्रालयले काउन्टरफोर्स क्षमताहरू खोजिरहेको,रिपोर्टमा उल्लेख गरिएको छ ।

हाइपरसोनिक मिसाइलहरू आवाजको गतिभन्दा कम्तीमा पाँच गुणा छिटो र जटिल प्रक्षेपणमा उड्न सक्ने बताईएको छ । जापानले यस वर्षको अन्त्यसम्ममा आफ्नो राष्ट्रिय सुरक्षा रणनीति र अन्य प्रमुख प्रतिरक्षा कागजातहरु परिमार्जन गर्ने योजना बनाएको छ।

काउन्टरट्याक क्षमता र हाइपरसोनिक मिसाइलहरू तैनाथका सन्दर्भमा बाटो खुलाउने स्रोतको ठहर रहेको छ ।जापानले अमेरिका निर्मित लामो दुरीका हाईपरसोनिक मिसाईलहरु कम्तिमा ३ वटा स्टेटहरुमा तैनाथ गर्न सक्ने आँकनल गरिएको छ ।

जापानले पछिल्ला केहि समययता ठूलो सुरक्षा चुनौती महशुस गर्दै आईरहेको छ । यस कठिन परिस्थितिमा पहिले प्रतिरक्षात्मक क्षमता अभिवृद्धि गराउने हाइपरसोनिक मिसाईलहरु तैनाथ गर्ने तयारी गरेको विश्लेषण गरिएको छ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार