एजेन्सी । तान्जानियाको एउटा यात्रुवाहक विमान बुकोबामा अवतरण गर्ने क्रममा भिक्टोरिया तालमा दुर्घटनाग्रस्त हुँदा कम्तिमा १९ जनाको मृत्यु भएको छ । प्रेसिजन एयरको यो विमानमा ४३ जना सवार थिए, जसमध्ये २६ जनालाई दुर्घटनापछि अस्पताल लगिएको थियो ।

उद्धारकर्मी र स्थानीय माझीहरूले विमानमा फसेका यात्रुहरुको उद्धार गरेका थिए । घटनास्थलमा पहिलो पटक पुगेका माझीहरूसँग कुरा गर्दा उनीहरूले विमानको पछाडिको ढोका खोलेका कारण केही व्यक्तिलाई विमानबाट बाहिर निकाल्न सफल भएको बताए ।

खराब मौसमको कारण यो दुर्घटना भएको बताइएको छ । यो ताल बुकोबा एयरपोर्टको धेरै नजिक छ र यो अफ्रिकाको सबैभन्दा ठूलो ताल हो। राष्ट्रपति सामिया सुलुहु हसनले घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार