काठमाडौं । दोहोरी कलाकार जोडी शंकर क्षेत्री र बबिता बानियाँ ‘जेरी’ ले आजबाट वैवाहिक सम्बन्ध कानुनी रूपमै अन्त्य गरेका छन्। जिल्ला अदालत काठमाडौं पुगेर उनीहरूले आपसमा सम्बन्ध विच्छेद गरेका हुन्।
सम्बन्ध विच्छेदपछि जेरी निकै भावुक भएकी छन्। उनले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘दोष भाग्यलाई दिउँ कि परिस्थितिलाई । मुटु जोगाउनकै लागि मुटुमा बसेको मान्छे हटाउनु पर्यो समयले तिमीले दिएका हर आँशुको थोपालाई मोती बनाउने कोसिस गर्ने छु । आजबाट अलग भइयो।’
लामो समयदेखिको विवादका कारण सामाजिक सञ्जाल तताइरहेका उनीहरुले बिहीबार काठमाडौं जिल्ला अदालत पुगेर डिभोर्स गरेका हुन्। उनीहरुले सहमतिमै सम्बन्ध विच्छेदका लागि निवेदन दिएका थिए। तर, प्रक्रिया नपुगेर उनीहरुको डिभोर्स भइसकेको थिएन। बिहीबार अदालत पुगेर सम्बन्ध विच्छेदको कागजमा हस्ताक्षर गरेका हुन्।
तीन वर्षअघि बिहे गरेका उनीहरुबाट एक छोरीको जन्म भएको छ। छोरीको उमेर सानै भएकाले अहिले आमासँगै बस्ने र लालनपालनको जिम्माचाहिँ शंकरले लिनुपर्ने सहमति भएको छ। उनीहरु दुवैजना लोकदोहोरी गायनबाट चर्चामा आएका थिए। दुवैले मिलेर दुईवटा दोहोरी साँझ पनि खोलेका थिए।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




