हेल्सिन्की (जीएनएन) – फिनल्याण्डको एक अदालतले मानव तस्करी गरी आफ्नो रेस्टुरेन्टमा श्रम शोषण गरेको अभियोगमा दोषी ठहर गर्दै एक नेपाली दम्पतीलाई जेल सजाय सुनाएको छ।
पिर्कन्मा जिल्ला अदालतले गुल्मी घर भइ लामो समयदेखि फिनल्याण्डमा रेस्टुरेन्ट व्यवसायमा संलग्न डिलाराम सापकोटा तथा उनकी श्रीमती रिमा सापकोटालाई दोषी ठहर गर्दै फैसला सुनाएको हो । हेलसिन्कीबाट झन्डै डेढ घण्टा टाढा रहेको ताम्पेरे शहरस्थित आफ्नो रेस्टुरेन्टमा बाध्यकारी श्रममा लगाएकोमा उनीहरु दोषी पाइएका हुन् ।
उनीहरुले नेपालबाट कामदारहरु ल्याएर बिहानदेखि राती अबेरसम्म हप्तामा ६ दिन वा सातै दिन काममा लगाउने गरेका थिए। फिनल्याण्डबाट प्रकाशित हुने समाचारपत्र, हेलसिङ्गिन सानोमत, का अनुसार ताम्पेरेस्थित जिल्ला अदालतले रेस्टुरेन्ट मालिक डिलारामलाई ३ वर्ष ८ महिना तथा उनकी श्रीमती रिमालाई २ वर्ष १० महिना जेल सजाय सुनाएको हो ।
एक जना ‘माइला’ भन्ने (परिवर्तित नाम) नेपाली कामदारले उजुरी गरेपछि प्रहरीले छानबिन गरेर सापकोटा दम्पतिविरुद्ध मुद्दा चलाएको थियो। फिनल्याण्डमा सञ्चालित अन्य नेपाली रेस्टुरेन्टका मालिकहरुले पनि आफ्ना कामदारहरुलाई बन्धक जस्तो बनाएर श्रम शोषण गर्ने गरेको समाचार यसभन्दा पहिले पनि प्रकाशित भएका थिए।
फिनिश प्रहरीले ती उजुरीहरुबारे पनि छानबिन गरिरहेको सूत्रहरुले जनाएका छन्। अदालतले सापकोटा दम्पति र उनीहरुका कम्पनीलाई श्रम शोषण गरिएका कामदारहरुलाई ज्याला, उनीहरुले पाएको पीडा र क्षतिपूर्ति वापत लाखौं यूरो तिर्न पनि आदेश दिएको छ।
अदालतले सापकोटा दम्पतिले चार जना नेपालीलाई मानव तस्करी गरेको र थप दुई जनालाई काममा भेदभाव गरेको ठहर गरेको थियो। मानव तस्करीको जालो गैरआवासीय नेपाली संघ (एनआरएनए) फिनल्याण्डका निवर्तमान अध्यक्ष शेखर आचार्य मानव तस्करहरुले संगठितरुपमा नेपालबाट युरोप पठाएका नेपालीहरु कामको खोजीमा फिनल्याण्ड आइपुग्ने गरेको बताउंछन्।
जीएनएनसंग कुरा गर्दै आचार्यले भने,’ विभिन्न माध्यमहुँदै पोर्चुगल, पोल्याण्ड वा लात्भिया आइ पुगेका नेपालीहरुले कामको खोजीमा फिनल्याण्डमा सम्पर्क गर्न गरेको हामीले पाएका छौं। हातमा कुनै सीप नहुने र भाषाको पनि समस्या हुने भएकाले अधिकांश त्यस्ता व्यक्तिले नेपाली रेस्टुरेन्टको किचेनमा काम खोज्ने गर्छन्। ‘
आचार्यले नेपालमा पनि फेसबुक लगायतका माध्यमबाट फिनल्याण्डमा महिनामा २ लाख सम्म तलब पाइने भन्दै ठूलै रकम असुल्ने गिरोहहरु सक्रिय रहेको बताए । उनले नेपाल प्रहरी, नेपाली दूतावास वा एनआरएनए फिनल्याण्डसंग बुझेर मात्रै कुनै पनि कदम चाल्न सुझाव पनि दिए। डेनमार्कका लागि नेपाली दूतावासले फिनल्याण्ड सम्बन्धी मामिला पनि हेर्ने गरेको छ।
(फोटो साभार: हेलसिङ्गिन सानोमत )
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




