काठमाडौं । नेपालले अन्तर्राष्ट्रिय फुटबलमा पाकिस्तानलाई १४ वर्षपछि पराजित गरेको छ । घरेलु मैदानमा बुधबार भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपालले पाकिस्तानलाई १–० ले पराजित गर्दै १४ वर्षपछि जित निकाल्न सफल भएको हो ।
त्यसयता नेपाल र पाकिस्तानबीच छैटौं पटक प्रतिस्पर्धा हुँदा सफलता हात पारेको हो । नेपालले पछिल्लोपटक सन् २००८ मा भएको साफ च्याम्पियनसिपमा पाकिस्तानमाथि ४–१ को जित निकालेको थियो ।
२ बराबरी र ३ हारको नतिजा निकालेको थियो । खेलको अन्त्यतिर फरवार्ड अन्जन विष्टले गोल गरेपछि नेपालले पाकितानसँगको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा १–० को जित निकालेको छ ।
त्रिपुरेश्वस्थित दशरथ रंगशालामा बुधबार भएको खेलको पहिलो मिनेटमा विमल घर्ती मगरले सुवर्ण अवसर पाएपनि उनले प्रहार गर्न ढिला गर्दा नेपाल अग्रता लिनबाट चुक्यो ।
११औं मिनेटमा काउन्टर अट्याकमा पाकिस्तानले अवसर पाएपनि एलामगिर घाँजीको पासलाई वाहिद खानले भेट्न नसक्दा गोलरक्षक दीप कार्कीले नियन्त्रणमा लिन सफल भए । ३८औँ मिनेटमा विमल घर्तिमगरको पासमा दिनेश राजवंशीले गोल गर्ने राम्रो अवसर पाएपनि सदुपयोग गर्न सकेन । दोस्रो हाफ फितलो बनेपनि नेपालले गोल गर्न सफल भयो ।
८३औं मिनेटमा अन्जन विष्टले गोल गर्दे नेपाललाई १–० को अग्रता दिलाए । सुनिल बलको क्रस पासलाई अनमार्क रहेका अन्जनले गोलरक्षकलाई बिट गर्दै वान टचमा गोल गर्न सफल भएका हुन् । उनको यो ११औं अन्तर्राष्ट्रिय गोल हो ।
अब उनी नेपालको सर्वाधिक गोलकर्ता निराजन रायमाझी र हरि खड्काको १३ गोलको कीर्तिमानभन्दा दुई गोलले पछि छ । विश्व फुटबलको सर्वाेच्च निकाय (फिफा) ले प्रतिबन्ध फुकाएपछि झन्डै साँढे तीन वर्षपछि मैदान फर्किएको पाकिस्तानले पनि केही आक्रमण बुनेपनि गोल भने गर्न सकेन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




