एजेन्सी । जापानले उपाधि दावेदारको रुपमा हेरिएको जर्मनीमाथि फिफा विश्वकप कतार २०२२ अन्तर्गत समूह चरणको पहिलो खेलमा २–१ को सनसनीपुर्ण पूनरागमन जित दर्ता गर्न सफल भएको छ ।

खालिफा अन्तर्राष्ट्रिय रंगशालामा बुधबार राति भएको खेलमा जापानको जितमा परिवर्तित खेलाडीद्धय रित्सु डोआन र ताकुमा असानोले गोल गरे । जर्मनीका इल्केए गुन्डोगानको गोल सान्त्वना बन्यो ।

३०औं मिनेटमा जर्मनीले पेनाल्टीको अवसर पायो । डेविड रमलाई गोलरक्षक गोन्डाले पेनाल्टी क्षेत्रभित्र लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए । गुन्डोगानले पेनाल्टीमा गोल गर्दै जर्मनीलाई १–० को अग्रता दिलाए । इन्ज्युरी समयको पहिलो मिनेटमा काई हाभर्ट्जले गरेको गोल भिडियो असिस्टेन्ट रेफ्रीले मान्यता दिएन । दोस्रो हाफमा खेलाडी परिवर्तन गरेपछि भने जापान खेलमा फर्कियो ।

७१औं मिनेटमा एओ तानाकाको स्थानमा मैदान छिरेका रित्सु डोआनले मैदान छिरेको चौथो मिनेटमा ताकुमी मिनामिनोसँगको समन्वयमा जापानको गोल सम्भव भएको थियो । मिनामिनोको सुरुवाती प्रहार नोएरले बचाएपनि रिबाउन्डमा डोआनले कुनै गल्ती गरेनन् । उनले ६ यार्ड बक्स नजिकबाट गोल गरेका थिए ।

८४औं मिनेटमा जापानले ताकुमी असानोले गोल गर्दै जापानलाई २–१ को अग्रता दिलाए । कोउ इताकुराले डिफेन्स लाइनबाट खेलेको लामो पासमा जर्मनीको अफसाइड ट्रयाप बिट गर्दै असानोले गोल गरेका थिए । उनले स्लोटरबेकको दबाब र नोएरअघि आएको अवस्थामा सहज फिनिस गरेका थिए ।

इन्ज्युरी समयमा लिओन गोरेट्जकाले गरेको प्रहार पोस्टभन्दा बाहिर जाँदा जर्मनी पहिलो खेलमा नै हार बेहोर्न पुगेको हो । यस नतिजासँगै समूह ई मा जापानले ३ अंक जोडेको छ ।

 

 

 

 

 


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार