काठमाडाैं । अमेरिकी फोटोग्राफर कितिया पावलोव्स्कीले नेपालको सगरमाथा क्षेत्रमा खिचेको भनिएको हिउँ चितुवाको तस्वीर नक्कली भएको दाबी गरिएको छ ।
हिमाली जीवन, प्रकृति र फोटोग्राफीका विज्ञहरूले चलाएको ‘अलपाइन इन्टरनेसनल म्यागाजिन’ले फोटोको ‘फ्याक्ट चेक‘ गरी यस्तो दाबी गरेको हो । उक्त फोटोलाई फोटोसपको सहाराले सुन्दर बनाइएको तर्कसहित म्यागाजिनले फोटोलाई ‘फेक’ भनेको छ । उसको तर्कअनुसार हिउँ चितुवालाई असम्भव स्थानमा देखाएको छ । पत्रिकाले पावलोव्स्कीलाई फोटोसफ विज्ञ पनि भनेको छ ।
‘द फेक स्नो लिओपार्ड फोटोमोन्ताज स्प्रेड एराउन् द वर्ल्ड’ शीर्षकमा हिजो प्रकाशित रिपोर्टअनुसार वास्तविकताभन्दा भिन्न र अनौठोजस्तो लागेपछि पत्रिकाले विश्लेषण गर्ने निर्णय गरेको थियो । खासगरी दुई फोटो हेरिएपछि यसलाई सम्पादन गरिएको निचोडमा आफूहरू पुगेको पत्रिकाको रिपोर्टमा उल्लेख छ ।
हिउँ चितुवाको पृष्ठभूमि तयार गर्न प्रयोग गरिएको पहाडका टुक्राहरू हेर्दा फोटो सम्पादन गरिएको पुष्टि हुने म्यागजिनको दाबी छ । आफूले पत्ता लाएका कुरा र आशंकाबारे थप पुष्टि गर्न पत्रिकले केही विज्ञको भनाइ पनि राखेको छ ।
कितियाले आफ्नो ब्लगमा राखेका तीन तस्वीरलाई पत्रिकाले सूक्ष्म विश्लेषण गरेको छ । तीमध्ये ७ हजार १ सय ६१ मिटरमा खिचेको भनिएको फोटोको पृष्ठभूमि पनि सम्पादन गरिएको उल्लेख छ । हिउँ चितुवाहहरू ५५ सय मिटरभन्दा माथि नजाने विज्ञको भनाइका आधारमा पत्रिकाले तर्क गरेको छ । अर्को एक तस्वीरमा त्यतिमाथिको उचाइँमा परेवा उडेको देखाइएको र त्यसलाई अप्रत्याशित भनिएको छ ।
‘एउटा कुरा निश्चित छ, कितिया पावलोव्स्की दृश्यकला र फोटोसपमा विज्ञ छिन्’ पत्रिकाले लेखेको छ । वरिष्ठ फोटोग्राफर ॐ यादवले पत्रिकाले गरेको दाबी तार्किक रहेको बताए । यसअघि नेपालकै कतिपय विज्ञले कितियाले खिचेका हिउँ चितुवाका तस्वीलाई अविश्वसनीय भन्दै आएका थिए ।
कितियाले खिचेकाे भनिएकाे तस्वीर




प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




