एजेन्सी । नेपाली मुलकी पारिजिता बाँस्तोला द भ्वाइस अफ अमेरिकाकाे अन्तिम आठमा प्रवेश गरेकी छिन् । नोभेम्बर २९ भएको घोषणामा २ जना बाहिरिएका छन् । पारिजिताले गायिका एलेसिया काराको स्कार्स टु योर ब्युटिफुल गीत प्रस्तुत गरेकी थिइन् ।

एलेसिया कारा क्यानाडेली गायिका तथा गीतकार हुन् । उनले  उनले आफ्नो गीत परिजिताले गाएपछि  बधाई दिएकी छिन् । उनले पारिजिताको  प्रस्तुतिलाई सुन्दर र शानदार भन्दै प्रशंसा गरेकी छिन् ।

एक पछि अर्को चरणमा अद्वितीय प्रस्तुति दिँदै आएकी परिजितालाई विश्वम्भर छरिएर रहेका नेपाली तथा विदेशीहरुले मत दिएको कारण सेमिफाइनल प्रवेश गरेकी हुन् ।  जन लेजेन्डको टोलीमा बस्ने उनी द भ्वाइसमा सहभागी हुने नेपाली मूलकी प्रथम अमेरिकी हुन् । परिजितालाई थुप्रै नेपाली कलाकारहरुले समर्थन गरि सकेका छन् ।

परिजितालाई जिताउन नेपालका चर्चित हस्तीहरु मदन कृष्ण श्रेष्ठ तथा हरिवंश आचार्य (मह जोडी) गायक राम कृष्ण ढकाल ,गायिका कुन्ती मोक्तान तथा संगीतकार शिला बहादुर मोक्तान ,गायक निमा रुम्बा ,आस्था राउत ,वरिष्ट गायक रबिन शर्मा ,१९७४ एडीका एड्रीएन प्रधान ,चर्चित संचारकर्मी हरि शरण लामिछाने लगायतका कलाकारहरुको साथ रहेको छ । सबैले विश्वम्भर छरिएर रहेका संगीत प्रेमीहरुलाई मतदान गर्न आह्वान गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार