कप्तान वाह्बी खाज्रीले कमजोर डिफेन्स र गोलरक्षकको फाइदा उठाउँदै ५८ औं मिनेटमा ट्युनिसियाले फ्रान्सको कमजोर डिफेन्सको फाइदा उठाउँदै अग्रता लियो । मिडफिल्डमा बल खोसेको ट्युनिसियाका कप्तान वाह्बी खाज्रीले बललाई एक्लै अघि बढाउँदै पेनाल्टी क्षेत्र भित्रबाट फिनिस गरे । उनको फितलो प्रहार दोस्रो रोजाइका गोलरक्षक स्टिभ मान्डान्डाले जोगाउन सकेनन् ।

त्यसपछि फ्रान्सले लगातार खेलाडी परिवर्तन गर्दै स्टार खेलाडी उतारेपनि खेल बदल्न सकेन । फ्रान्स हारका बाबजुद समूह विजेता बन्दा ट्युनिसिया जितेर पनि समूहको तेस्रो स्थानमा रहँदै समूह चरणबाट बाहिरियो ।

गोल खाएपछि फ्रान्सले पहिलो रोजाइका खेलाडीलाई मैदान पठाएको थियो । किलीयन एमबाप्पे, एन्टोइन ग्रिजमन र ओस्मान डेम्बेले मैदान छिरेपनि फ्रान्स गोल फर्काउन असफल रहयो । इन्ज्युरी समयमा ग्रिजमनले गोल गरेपनि भीएआरले त्यसलाई गोलको मान्यता दिएन ।

जितका बाबजुद ट्युनिसिया नकआउट चरणमा भने पुग्न सकेन । अर्को खेलमा अष्ट्रेलियाले डेनमार्कलाई हराएपछि ट्युनिसिया समूह चरणबाट बाहिरियो । फ्रान्स भने हारका बाबजुद समूह विजेता बन्न सफल भयाे । फ्रान्स र अष्ट्रेलियाले ३ खेलमा २ जित र १ हारसहित ६ अंक जोड्याे। ट्युनिसिया ३ खेलमा ४ अंक जोडेपनि समूहको तेस्रो स्थानमा तथा डेनमार्क १ अंकसहित पुछारमा रहयो ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार