कतार । समूह डी को अन्तिम खेलमा डेनमार्कलाई १-० ले पराजित गर्दै अष्ट्रेलिया कतारमा जारी फिफा विश्वकप कतार २०२२ को नकआउट चरणमा प्रवेश गर्ने पहिलो एसियाली राष्ट्र बनेको छ । अष्ट्रेलिया समूह उपविजेता बनेर अन्तिम १६ मा पुग्न सफल भएकाे हाे ।

निकै प्रतिस्पर्धात्मक बनेकाे खेलकाे पहिलो हाफ गोलरहित बराबरीमा सकिएपनि अष्ट्रेलियाले दोस्रो हाफमा गोल गर्दै जित निकाल्न सफल भयाे । म्याथ्यु लेकीले ६० औं मिनेटमा एकल प्रयासमा सानदार गोल गर्दै अग्रता दिलाए । त्यही गाेल नै  जितमा पर्याप्त बन्याे ।

समूहको अर्को खेलमा ट्युनिसियासँग १-० ले पराजित भएपनि फ्रान्स समूहको शीर्षस्थानमा रहदै नकआउट चरणमा पुग्न सफल भयाे । फ्रान्स र अष्ट्रेलियाले ३ खेलमा समान ६ अंक जोडेपनि गोलअन्तरमा फ्रान्स अगाडि रहयो । ट्युनिसिया ३ खेलमा ४ अंकसहित तेस्रो तथा डेनमार्क १ अंक जोड्दै पुछारमा रहयो ।

 


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार