टोकियो/जापान। जापानी बायोटेक फर्मले प्यान्क्रिएटिक्स क्यान्सरको लागि विश्वकै पहिलो पटक सानो कीराहरुको प्रयोग गरि प्रारम्भिक परीक्षण परीक्षणको विकास गरेको बताएको छ ।
हिरोचु बायो साइन्सले गत महिना आफ्नो N-NOSE प्लस प्यान्क्रियाज परीक्षण सुरु गर्यो, जापानका उपभोक्ताहरूका लागि अव सिधै यो परिक्षण सुरु गरिने छ भने सन् २०२३ सम्ममा यो परीक्षण संयुक्त अमेरिकामा समेत पुर्याउने लक्ष्य राखिएको छ। प्रयोगकर्ताहरूले विशेष मेल पाउच मार्फत पिसाबको नमूना प्रयोगशालामा पठाउँछन्, जहाँ यसलाई नेमाटोडको प्रजातिसहितको पेट्री डिशमा राखिन्छ।
कम्पनीका अनुसार वैज्ञानिक रूपमा C. elegans भनेर चिनिने जीवहरूमा कुकुरहरू भन्दा धेरै शक्तिशाली सुँघ्ने इन्द्रियहरू हुन्छन्।ति कीराहरुले क्यान्सर कोशिकाहरू तिर आफ्नो नाकको साहयताले पछ्याउनेछन् ।
२८ वर्षदेखि यस विषयमा अनुसन्धानरत कम्पनीका संस्थापक र प्रमुख कार्यकारी ताकाकी हिरोचु भन्छन्,अहिले विकास गरेको यस कीराको माध्यमबाट परिक्षण गर्ने विधिले १ मिलिमिटर लामो जनावरहरूलाई एक शक्तिशाली निदान उपकरण बनाउँछ। जसले यस प्रकारको क्यान्सरको निदानमा महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ।
हिरोचु बायोले सन २०२० जनवरी मा आफ्नो पहिलो N-NOSE उपभोक्ता परीक्षण सुरु गरेको थियो,जसले प्रयोगकर्ताहरूलाई क्यान्सरको उच्च जोखिममा छ वा छैन भनी बताउन सक्ने क्षमताको दाबी गरेको थियो । लगभग २ लाख ५० हजार मानिसहरूले परिक्षण गर्दा लगभग ५ देखि ६ प्रतिशतमा उच्च-जोखिमका रिपोर्टहरु प्राप्त भएको बताईएको छ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




