कतार । एसियाली राष्ट्र दक्षिण कोरियालाई ४–१ को फराकिलो गोल अन्तरले पराजित गर्दै उपाधि दावेदार ब्राजिल फिफा विश्वकप कतार २०२२ को क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
प्रि–क्वाटरफाइनलमा कोरियालाई हराएर ब्राजिलले क्वाटरफाइनलमा क्रोएसियासँगको भेट पक्का गरेको हो । ब्राजिलको फराकिलो जितमा भिनिसियस जुनियर, नेयमार रिचार्लीसन र लुकास पाक्वेटाले गोल गरे । कोरियाका स्युङ हो पाइकले एक गोल फर्काए । खेलको सुरुवातदेखि नै आक्रामक देखिएको ब्राजिलले सातौ मिनेटमा भिनिसियसको गोलबाट अग्रता लिएको थियो ।
१३औं मिनेटमा रिचार्लीसनलाई पेनाल्टी बक्समा लडाएपछि प्रप्ता पेनाल्टीमा नेयमारले गोल गर्दै टोलीको अग्रता दोब्बर पारे । २९औं मिनेटमा रिचार्लीसनले ब्राजिललाई ३ गोलले अघि राखे । ३६औं मिनेटमा लुकास पाक्वेटाले गोल गरेपछि ब्राजिल पहिलो हाफमै ४–० ले अघि बढ्यो ।
७६औं मिनेटमा स्युङ हो पाइकले गोल गर्दै खेललाई ४–१ को स्थितिमा ल्याएपनि त्यसपछि थप गोल निस्कन नसक्दा ब्राजिल विजयी हुन सफल भयो । ब्राजिलले अब क्वाटरफाइनलमा क्रोएसियाको सामना गर्नेछ । क्रोएसियाले सोमबार राति नै जापानलाई पेनाल्टी सुटआउटमा ३–१ ले हराएर क्वाटरफाइनलमा पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




