नागोया/जापान । जापानको नागोयामा शनिबार,आइची कोकुसाइ निहोङ्गो गाक्कोमा अध्ययनरत २७ वर्षिया नवराज वाग्लेको निधन भएको छ । रातीको कामबाट फर्किएर विहान खाना खाएर सामान्य अवस्थामा सुतेका वाग्ले साँझ काममा जाने बेलासम्म नउठेपछि उठाउँन खोज्दा अचेत अवस्थामा भेटिएका थिए ।

आफ्नै २ दाजुभाई र अर्का एक साथीसंगै बस्दै आएका वाग्लेलाई तुरुन्त अस्पत्ताल पुर्याइएपनि अस्पतालले मृत घोषित गरिदिएको थियो। नुवाकोट मदनपूरका वाग्ले जापान आएको ७ महिना मात्रै भएको थियो ।

हाल जापानी भाषा विद्यालयमा अध्ययनरत उनि सुतेकै अवस्थामा संधैका लागि चीर निन्द्रामा लिन भए । यस घटनामा सरसहयोग गरिरहेका नागोया निवासी एनआरएनए आईसीसी सदस्य दिपक कार्कीका अनुसार पोस्टमार्टमको रिपोर्टमा उच्च रक्तचापका कारण मृत्यु भएको बताईएको छ।

वाग्लेको भोलि नागोयामै अन्त्येष्टिको तयारी गरिएको छ। नेपाली विद्यार्थी समाज जापानका अध्यक्ष अजय रानाले वाग्लेले अध्ययन गर्ने स्कुलमा पनि कुरा गरिसकेको बताएका छन् । सकेसम्म २ वर्षका लागि अग्रिमरुपमा तिरेको शुल्क मध्ये केहि रकम मात्रै भएपनि फिर्ता गराउन सकिन्छ कि भनेर पहल गरिँदैछ ।

निज मृतकका आफ्नै भाई,यहि भएता पनि अध्ययनरत नै रहेको र मृतक पनि भर्खरैमात्र जापान आएकाले,आर्थिक अवस्था कमजोर भएकाले दाह संस्कारका लागि सहयोग उठाउन पहल गरिएको छ । आईसीसी सदस्य दिपक कार्कीले दिएको जानकारी अनुसार सहयोगी मनहरुले यो तलको खातामा आर्थिक सहयोग गरिदिन सक्नुहुनेछ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार