जापान । नागोया अध्यागमन हिरासतमा मृत्यु भएकी एक श्रीलंकाली महिलाको शोक सन्तप्त परिवारले सरकारसँग क्षतिपूर्ति मागेको मुद्दामा सरकारले यो यसै महिनाको अन्तिमसम्ममा प्रमाणको रूपमा हिरासतमा राखिएको महिलाको करिब पाँच घण्टाको भिडियो फुटेज पेश गर्ने तयारी गरेको छ ।
गत वर्षको मार्चमा, नागोया अध्यागमन ब्यूरोको हिरासतमा रहेकी श्रीलंकाली नागरिक ३३ वर्षिया विस्मा सान्दामाली बिरामी भएको र सो समयमा अध्यागमन कर्मचारीहरुले आवश्यक स्वास्थ्य उपचार नगराएकाले उनको त्यहि मृत्यु भएको परिवारले दावी गर्दै आएको छ ।
शोक सन्तप्त परिवारले भनेको छ , “अध्यागमनले अस्थायी रिहाइलाई मान्यता नदिई अवैध रूपमा हिरासतमा राख्यो। उनको शारीरिक अवस्था बिग्रिए पनि उनले आवश्यक स्वास्थ्य सेवा दिएनन् ।
जसका कारण अकालमै मृत्यु भयो।” सुरुवाती चरणमा अध्यागमन तथा जापान सरकार विदेश मन्त्रालयले आफुहरुबाट गल्ति भएको स्विकार गर्दै माफीको लागि संघर्ष गरेको शोक सन्तप्त परिवारले,जापान सरकारले गल्ति भएको स्विकार नगरेपछि आर्थिक क्षतिपूर्तिको माग सहित नागोया जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।
अहिले,१५ कोरोड येनभन्दा धेरै क्षतिपूर्तिको दावी सहित जापान सरकार तथा अध्यागमन व्युरो विरुद्ध नागोया जिल्ला अदालतमा मुद्दा विचाराधीन छ । अव अन्तिममा मृतकलाइ हिरासतमा राखिएको समयको ५ घण्टा लामो भिडियो फुटेज अदालतमा पेश गरिने र त्यसैको आधारमा न्यायधिसले निर्णय गर्ने निष्कर्षमा पुगेको जापानी संचार माध्यमहरुमा खबर प्रकाशित छ ।
यदि यो मुद्दामा शोक सन्तप्त परिवारले जितेमा जापान सरकारले अध्यागमन कर्मचारीको लापरवाहीका कारण हिरासतमा ज्यान गएको स्विकार गर्दै १५ करोड येन भन्दा बढि आर्थिक क्षतिपूर्ति तिर्नुपर्नेछ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




