एजेन्सी । एलन मस्कले ट्वीटरको प्रमुख कार्यकारी अधिकृत (सीईओ) बाट राजीनामा दिने घोषणा गरेका छन् । उनले ट्वीट गरेर सकेसम्म छिटो राजीनामा दिने बताएका हुन् ।

उनले ट्वीटर प्रमुखको भूमिकाबाट अलग हुँदा ठिक होला कि नहुँदा ठिक होला भनेर ट्वीटरमा भोटिङ पोल राखेका थिए र नतिजाको पालना गर्ने बताएका थिए । त्यसमा ५७.५ प्रतिशतले अलग हुनुपर्छ र हुनु पर्दैन भन्ने पक्षमा ४२.५ प्रतिशत मत खसेकाे छ । अलग हुनुपर्छ भन्नेमा धेरै मत परेपछि उनले सीईओबाट राजीनामा दिने बताएका हुन् ।

उनले लेखका छन्, ‘म सीईओ पदबाट छिटोभन्दा छिटो राजीनामा दिनेछु । म केबल सफ्टवेयर र सर्भर चलाउने छु ।’ विश्वका अर्बपति एलन मस्कले टेस्ला र स्पेस एक्स पनि चलाउँछन् । उनले हालै ट्वीटरको स्वामित्व खरिद गरेपछि धेरै कुरा परिवर्तन गर्ने कोसिस गरेका थिए, त्यसबाट उनको आलोचना भएको थियो ।

खासगरी उनले ट्वीटर अकाउन्ट भेरिफाइड भएको संकेत चिह्न ब्लु टिकका लागि पैसा तिर्नुपर्ने भनेर निर्णय गरेपछि विश्वभरबाट आलोचना भएको थियो ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार