पोखरा । नेपाल क्रिकेट संघ (क्यान) को पोखरामा भइरहेको बोर्ड बैठकले नाबालिका बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेमाथि लगाएको निलम्बन फुकुवा गरेको छ ।
बैठकमा उपस्थित क्यान स्रोतले सन्दीपमाथि लागेको निलम्बन फुकुवा गरिएको जानकारी गराएको छ । ‘यो एजेन्डामा थियो । पास पनि भएको छ । यससँगै उनीमाथि लगाएको निलम्बन फुकुवा भएको छ ।’ क्यान स्रोतले भन्यो ।
बलात्कार आरोपमा पक्राउ पुर्जी जारी भएपछि क्यानले सन्दीपलाई भदौ २३ मा निलम्बन गरेको थियो । मुद्दाको फैसला नहुँदै क्यानले सन्दिपमाथि लगाएको निलम्बन फुकुवा गरेको हो । सन्दीपलाई २९ पुसमा उच्च अदालत पाटनले काठमाडौं जिल्ला अदालतको आदेश बदर गर्दै २० लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।
तर सन्दीप दोषी हुन् वा होइनन् भन्ने निर्णय जिल्ला अदालत काठमाडौंले दिएको छैन । सन्दीपले क्रिकेट खेल्न पाउने वा नपाउने भन्ने अदालतको आदेशमा उल्लेख छैन । तर सन्दीप पक्षका कानुनी व्यावसायीले उनलाई टोलीमा राख्नुपर्ने माग गरेका छन् । तर उनलाई पुर्पक्षको लागि धरौटीमा छोड्ने उच्च अदालतको आदेश बदर गर्न माग गर्दै महान्यायाधिवक्ता कार्यालय सर्वोच्च अदालतमा मंगलबार निवेदन दिएको छ ।
गत ५ भदौंमा काठमाडौंको एक होटलमा लगेर नाबालिगलाई बलात्कार गरेको आरोप सन्दीपमाथि लागेको थियो । भदौ २१ गते एक नाबालिगले सन्दीपले आफूलाई बलात्कार गरेको भन्दै प्रहरी वृत गौशालामा किटानी जाहेरी दिएकी थिइन् । त्यसपछि सन्दीपले असोज २० मा त्रिभुवन विमानस्थलबाट आत्मसमर्पण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




