एजेन्सी । टर्कीमा फेरि शक्तिशाली भूकम्प गएको छ । ७.८ म्याग्नेच्युडको शक्तिशाली भूकम्प गएको दुई सातापछि सोमबार गएको अर्को शक्तिशाली भूकम्पमा परेर अहिलेसम्म तीन जनाको मृत्यु भएको छ भने सयौँ घाइते भएका छन् ।

दक्षिणी टर्कीको हतय प्रान्तलाई केन्द्रबिन्दु बनाएर सोमबार ६‌.३ म्याग्नेच्युडको भूकम्प गएको हो । भूकम्पको धक्का सिरिया र टर्कीका कैयौँ क्षेत्रमा महसुस गरिएको थियो । यो भूकम्पपछि दर्जनौँ पराकम्पनहरू गइरहेको त्यहाँका अधिकारीले जनाएका छन् । सरकारले मानिसहरूलाई भवनभन्दा टाढा रहन अपिल गरेको छ ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार