बुटवल । कपिलवस्तुमा एकजनाले आफ्नै बुवाको हत्या गरेका छन् । कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर १० शीतलापुरका ३० वर्षीय मनीराम पाशीले आफ्नै ६४ वर्षीय बुवा मगरे पाशीको हत्या गरेका हुन् ।

प्रारम्भिक अनुसन्धानमा आफ्नो श्रीमती र बुवालाई आपत्तिजनक अवस्थामा देखेपछि उनले बुवाको हत्या गरेको देखिएको प्रहरीले जनाएको छ । मंगलबार बिहान ११ बजेतिर श्रीमती र बुवालाई नग्न अवस्थामा देखेपछि आक्रोशित मनीरामले बुवाको हत्या गरेको प्रहरीको भनाइ छ । हत्यापछि मनीरामले सो घटनालाई आत्महत्या भनी देखाउन शवलाई डोरीमा बाँधेर झुन्ड्याएका थिए ।

घटनाबारे थाहा पाएपछि प्रहरी पुग्दा बुधबार बिहान पाशी आफ्नै घरमा झुन्डिएको अवस्थामा मृत फेला परका थिए । मंगलबार बिहान ११ बजे खाना खान घरमा आएको समयमा आफ्नो बुबा र श्रीमतीलाई मनीरामले नग्न अवस्थामा देखेको प्रहरीले जनाएको छ । त्यसपछि बाबुको हत्या गरेको र सोही दिन राति ११ बजे डोरीमा बाँधी झुन्ड्याएका थिए ।

बुधबार बिहान ८ बजे मात्र प्रहरीलाई सूचना पुगेको र प्रहरीले घटनास्थलबाट आवश्यक प्रमाणहरू बरामद गरेको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रमुख कपिल जगं शाहीले बताए ।

घटना शंकास्पद देखेपछि अनुसन्धान सुरु गरेको र हत्यामा संलग्न मृतकका छोरा ३० वर्षीय मग्निराम पाशी र बुहारी २६ वर्षीय मिमा पाशीलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको उनले बताए । आरोपिले बुवाको हत्या गरेको स्वीकारेका छन् ।

 

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार