काठमाडौं । नेपाल सोझै एक दिवसीय विश्वकप छनोटमा प्रवेश गरेको छ । आइसीसी विश्वकप लिग–२ को अन्तिम खेलमा संयुक्त अरब इमिरेट्स (युएई) लाई डकवर्थ लेविस पद्धतिको आधारमा ९ रनको जित हात पारेसँगै नेपाल एक दिवसीय विश्वकपको छनोटमा पुगेको हो । ब्याड लाइट (खराब) प्रकाशका कारण खेल पुरा हुन नसकेपछि नेपाल डिएल मेथर्डमा विजयी भएको हो ।
जितको लागि ३ सय ११ रनको विशाल विजयी लक्ष्य पछ्याएको नेपाल ४४ ओभरमा ६ विकेट गुमाउँदै २ सय ६९ रन बनाउँदा खेल रोकिएको थियो । त्यसपछि डिएलमा नेपाल विजयी हुँदै सोझै विश्वकप छनोटमा पुगेको हो । अम्पायरले खेल रोक्दै बेल झारेका थिए । युएईका खेलाडीले भने असन्तुष्ट जनाएका थिए । त्यसपछि नेपाली खेलाडीले खुसीयाली मनाउन थालेका थिए ।
नेपालको जितमा गुलशन झा ४८ बलमा ४ चौका र २ छक्कासहित ५० रनमा अविजित रहे । दीपेन्सिंह ऐरी पनि १० रनमा अविजित रहे । गुलशनले ४२औं ओभरमा मोहम्मद वासिमलाई तीन चौका र एक छक्का हान्दै कुल २० रन जोडेपछि खेलले नयाँ मोड लिएको थियो । भीम सार्की ७६ बलमा ९ चौकासहित ६७ रनमा आउट भए । पाँचौं विकेटका लागि भीम र आरिफ शेखले ८३ रनको साझेदारी गर्दे नेपाललाई खेलमा फर्काएका थिए ।
कुशल मल्ल ५ रनमा क्याच आउट भए । कप्तान रोहित कुमार पौडेल १६ रनमा क्याच आउट भए । कुशल भुर्तेल ५० रनमा क्याच आउट भए । भीम सार्कीसँग कुशलले चौथो विकेटका लागि ६१ रनको साझेदारी गरेका थिए । आरिफ शेख ६२ बलमा २ चौकासहित ५२ रनमा क्याच आउट भए । युएईका जुनैद्ध सिद्दिकले सर्वाधिक तीन विकेट लिए । आयन खानले दुई र जहुर खानले एक विकेट लिए ।
त्यसअघि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहीबार टस जितेर पहिला ब्याटिङ रोजेको युएईले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३ सय १० रन बनाएको थियो । ४१ बलमा शतक पूरा गरेका आसिफ खानले ४२ बलमा ४ चौका र ११ छक्कासहित १ सय १ रनको विष्फोटक अविजित शतकीय इनिङ खेले । वृत्य अरविन्द १ सय ३८ बलमा ८ चौका र २ छक्कासहित ९४ रनमा आउट भए ।
छैटौं विकेटका लागि वृत्य र आसिफले १ सय ३५ रनको विष्फोटक शतकीय साझेदारी गरेका थिए । ४४ ओभरमा युएई २०८–५ को अवस्थामा थियो । अन्तिम ३६ बलमा १ सय २ रनको विष्फोटक साझेदारी गरे । कप्तान मोहम्मद वासिम ६३ रनमा आउट भए । दोस्रो विकेटका लागि कप्तान मोहम्मद वासिम र वृत्यले ७९ रनको साझेदारी गरे । सिपी रिजवान ७ रनमा रन आउट भए । रोहन मुस्तफा २० रनमा एलबीडब्लू आउट भए । दीपेन्द्रसिंह ऐरीले २ विकेट लिए । ललितनारायण राजवंशी, सोमपाल कामी र सन्दीप लामिछानेले समान १ विकेट लिए । सन्दीपले सबैभन्दा धेरै ८० रन खर्चिए ।
नेपाल ३६ खेलमा १९ मा जित र १५ मा हारसहित ४० अंक जोडेर तेस्रो स्थानमा उक्लियो । नामिबिया ३६ खेलमा १९ जित र १६ मा हारसहित ३९ अंकका साथ चौथो स्थानमा रह्यो । आइसिसी विश्वकप लिग–२ बाट स्कटल्यान्ड च्याम्पियन, ओमान दोस्रो र नेपाल तेस्रो स्थानमा रहँदै सोझै विश्वकप छनोटमा पुगेका हुन् ।
विश्वकप छनोट आगमी जुन जुलाईमा जिम्बावेमा हुनेछ । युएई, नामिबिया, अमेरिका र पपुवा न्युगिनीले प्लेअफ क्वालिफायर खेल्नुपर्ने भएको छ । नामिबियामा यसै महिना अन्तिममा हुने प्लेअफमा शीर्ष दुईमा पर्न सके पुनः विश्वकप छनोट खेल्न पाउनेछन् ।
जिम्बावेमा आगमी जुन जुलाईमा हुने छनोटमा कुल १० टोली हुन्छन् । विश्वकप छनोटमा सुपर लिग–२ का पुछारका पाँच टोली, लिग २ का शीर्ष तीन टोली नेपाल, ओमान र स्कटल्यान्ड र प्लेअफ क्वालिफायरमा शीर्ष दुई टोली गरि कुल १० टोली हुनेछन् ।
जिम्बावेमा हुने छनोटमा कुल १० टोलीलाई दुई समूहमा विभाजन गरिनेछ । जसबाट हरेक समूहबाट शीर्ष तीन तीन टोली सुपर सिक्समा स्थान बनाउछन् । सुपर सिक्समा एक अर्कासँग खेलेपछि शीर्ष दुईमा रहने टोली विश्वकपमा पुग्नेछन् । शीर्ष दुई टोलीले आगमी अक्टोबर नोभेम्बरमा भारतमा हुने एकदिवसीय विश्वकप खेल्न पाउनेछन् ।
४२औं ओभरमा उल्टिएको त्यो खेल
युएईले दिएको कीर्तिमानी ३ सय ११ रनको विशाल लक्ष्य पछ्याउने क्रममा नेपालले ४१ ओभरको खेल सकिँदा ६ विकेटको क्षतिमा २ सय ३५ रन जोडेको थियो । ब्याटिङमा गुल्सन झा २५ रन र दिपेन्द्रसिंह ऐरी ४ रनमा बनाएर खेलिरहेका थिए ।
हजारौं दर्शक ओइरिएको त्रिवि मैदानमा त्यतिबेला बादल लागेका कारण धुम्म र हल्का वर्षासमेत हुन लागेको थियो । विश्वकप छनोटमा पुग्न जित्नैपर्ने खेलमा नेपाल डिएल मेथडमा पनि पछि थियो । त्यसैले नेपालका लगि जतिसक्दो छिटो रन बनाउनु पर्ने अवस्था थियो ।
त्यतिबेला युएईका कप्तान मोहमद वासिम बलिङमा आए । आफ्नो ओभर बलिङ गरेका वासिमविरूद्ध गुल्सनले पहिलो बलमा रन लिएनन् । दोस्रो बलमा दुई रन लिएका गुल्सन त्यसपछि भने आक्रामक रूपमा प्रस्तुत भए । उनले तेस्रो बलमा छक्का प्रहार गरे । चौथो, पाँचौ र छैटौं बलमा चौका प्रहार गर्दा नेपालले एकै ओभरमा २० रन जोड्न सफल भयो । २० रन जोडेसँगै नेपाललाई राहत मिल्दा डिएल मेथर्डमा अघि रहेको थियो । तर युएईलाई त्यही ओभर महँगो सावित भयो ।
किनभने दुई ओभरपछि खेल प्रकाशका कारण रोकियो । ४३ ओभरमा ६ रन र ४४ ओभरमा ८ रन जोड्दा नेपालले ६ विकेटको क्षतिमा २ सय ६९ रन जोडेको थियो । त्यतिबेला त्रिवि मैदानमा खेल्न पुग्ने प्रकाश नहुँदा अम्पायरले खेल रोके ।
जसको फाइदा नेपाललाई भयो । खेल नेपालले डिएल मेथडमा ९ रनले जित्दै फाइनलमा पुग्न सफल भयो । युएई ब्याटिङमा हुँदा ४४ ओभरमा ५ विकेटको क्षतिमा २ सय ८ रन बनाएको थियो । यता नेपालको ब्याटिङमा भने ४४ ओभरमा ६ विकेटको क्षतिमा २ सय ६९ रन जोडिसकेको थियो ।
एक महिनामा १२ खेल, ११ अविश्वसनीय जित
२ फागुनमा नेपालले घरेलु मैदानमा खेल्नुअघि नेपालको विश्वकप छनोटमा पुग्नु सपना जस्तै थियो । १२ खेल बाँकी रहँदा नेपालले विश्वकप छनोटमा पुग्न ९ खेलमा जित निकाल्नुपर्ने थियो । तर, यो एक महिनाको अवधिमा १२ खेल खेल्दै ११ जित निकाल्दा युएईंसँग नै हार बेहोरेको थियो ।
यसअघि नेपालले अघिल्ला दुई खेलअघि नै एकदिवसीय मान्यता जोगाएको थियो । बिहीबारको जितसँगै नामिबियालाई पछि पार्दै नेपाल लिग–२ को अंक तालिकामा तेस्रो स्थानमा उक्लदै विश्वकपको छनोटमा पुग्न सफल भयो । नेपालले ३६ खेलबाट ४० अंक जोड्यो । ३९ अंक जोडेको नामिबिया चौथोमा झर्यो । नेपालको जितले भने नामिबियाले क्वालिफायर प्लेअफ खेल्नुपर्ने भएको छ ।
नेपालले लिग–२ का पछिल्ला १२ मध्ये ११ खेलमा जित निकाल्यो । एक महिनामा लिग–२ को अंक तालिकाको छैटौं स्थानमा तेस्रो स्थानमा उक्लिएको नेपालले अघिल्लो महिना १८ अंक मात्र थियो । तर एक महिनाका १२ मध्ये ११ खेल जितेसँगै नेपालले ४० अंक जोडेर सानदार पुनरागमन ग¥यो । राजधानी दैनिकबाट
पछिल्लो १२ खेलमा नेपालको प्रदर्शन
युएईमाथि डिएल मेथर्डमा ९ रनको जित, कीर्तिपुर, १६ मार्च २०२३
पिएनजीमाथि ९ विकेटको जित, कीर्तिपुर, १३ मार्च २०२३
युएईमाथि १७७ रनको जित, कीर्तिपुर, १२ मार्च २०२३
पिएनजीमाथि ५२ रनको जित, कीर्तिपुर, ९ मार्च २०२३
युएईमाथि ४२ रनको जित, दुबई, ६ मार्च २०२३
पिएनजीमाथि ३ विकेटको जित,दुबई, ३ मार्च २०२३
युएईसँग ६८ रनले पराजित, दुबई, २ मार्च २०२३
पिएनजीमाथि ४ विकेटको जित,दुबई, २७ फेब्रुअरी २०२३
स्कटल्यान्डमाथि २ विकेटको जित, कीर्तिपुर, २१ फेब्रुअरी २०२३
नामिबियामाथि ३ विकेटको जित, कीर्तिपुर, १८ फेब्रुअरी २०२३
स्कटल्यान्डमाथि ३ विकेटको जित, कीर्तिपुर, १७ फेब्रुअरी २०२३
नामिबियामाथि २ विकेटको जित, कीर्तिपुर, १४ फेब्रुअरी २०२३
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




