काठमाडौं । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए आईसीसी) को अमेरिका क्षेत्रका क्षेत्रीय उपसंयोजक (डीआरसी) रामकुमार सुवेदीलाई पत्नीशोक परेको छ।

अमेरिकाको टेक्सासमा भएको गाडी दुर्घटनामा सुवेदीकी धर्मपत्नी प्रमिला सुवेदीको मृत्यु भएको हो। छोरालाई विश्वविद्यालय पुर्‍याएर फर्किने क्रममा प्रमिलाले चलाएको गाडीलाई रक्डेल सिटीनजिकै बिहीबार साँझ ट्रकले ठक्कर दिदा ४६ वर्षीया प्रमिलाको घटनास्थलमै निधन भएको हो।

दिवंगत प्रमिला नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री दीपकप्रकाश बाँस्कोटाकी छोरी तथा विवेकशील साझा पार्टीकी अध्यक्ष समीक्षा बाँस्कोटाकी दिदी हुन्।हाल डालसमारहेको सुवेदी परिवार दुई दशकअघि अमेरिका गएको हो। सुवेदी दम्पतीका दुई छोरा छन्।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार