काठमाडौं । रोजगारीको शिलशिलामा जापान पुगेका बरिष्ठ लोकगायक युवराज आचार्यले जापानबाटै ‘मेरो देशको कथा’ नामक गीत लिएर आएका छन् ।कुनैबेला लोक संगित क्षेत्रकै प्रमुख ताराको रुपमा उदाएका आचार्यले जापानबाटै पनि समय समयमा गीत गाउँदै आएका छन् ।

गत साल नेपालमा आएको बेला रेकर्ड भएको यो गीत केही ढिला गरी बजारमा आएको हो ।आचार्य डिजीटल पोखराको युटुब च्यानल मार्फत बजारमा आएको उक्त गीतमा लय र शब्द भने जापानबाटै यदुराम सापकोटाले बनाएका हुन् ।

छिनछिनमै समचार सुन्छु सडक मा टायर बल्यो।
सुरक्षा मा खटीएको पुलीस ज्युदै जल्यो।
भ्रष्टचारी अपराधी सरकार मा मोझ गर्छन
नन्द प्रसाद अधीकारी न्याय माग्दा मर्छन……………………………..
यस्तै यस्तै शब्दहरु देशका यथार्थ कहानीहरु टपक्क टिपेर बनाईएको यो गित सुन्दा अत्यन्तै मार्मिक र यथार्थपरक छ ।

युवराज आचार्य हालसालै गठनभएको लोकदोहोरी प्रतिष्ठान नेपाल जापान शाखा का संयोजक हुन भने सापकोटा सोही कार्यसमिती मा सदस्य रहेका छन् । दुवै जना जापानमा अन्य पेशा व्यवसायका साथ लोकसंगीतमा निरन्तर साधनारत छन्।

भिडियो

https://youtu.be/TmU_lRoddX0

 

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार