काठमाडौं– पाठेघर क्यान्सर रोगीको संख्या बढ्दै गइरहेको बेला सरकार यसको नियन्त्रणका लागि नयाँ रणनीतिका साथ अघि बढेको छ ।
स्वास्थ्य सेवा विभाग बालस्वास्थ्य महाशाखाले अबको दुई वर्षमा महिलाको पाठेघरको मुखको क्यान्सर विरुद्ध लगाइने खोप सुरु गरिने जनाएको छ ।
तयारी स्वरुप सरकारले सन् २०१५— ०१६ मा पाठेघरको मुखको क्यान्सर विरुद्ध लगाइने खोपको कास्की र चितवनमा पाइलोटिङक गरेको थियो ।
महाशाखाका खोप अधिकृत भरत भण्डारीले खोप ९ वर्षदेखि १३ वर्ष उमेरको बालिकालाई लगाइने तयारीका साथ अघि बढिएको जानकारी दिए ।
पाइलोटिङको क्रममा पनि ९ वर्षदेखि १३ वर्ष सम्मका १३ हजार बालिकालाई खोप लगाइएको थियो ।
भण्डारीका अनुसार पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप दुई मात्रामा पुरा हुन्छ । एक जनालाई खोप लगाउनको लागि १० हजार रुपैया खर्च हुने महाशाखाको भनाई छ ।
खोप केहि महंगो भएपनि समयमै लगाउन सके पाठेघरको मुखको क्यान्सरबाट बचाउन सकिने भण्डारीको भनाई छ ।
महाशाखाका अनुसार महिलाको पाठेघर मुखको क्यान्सर विरुद्ध लगाइने खोपलाई पनि राष्ट्रिय कार्यक्रममा राखिने छ ।
महिलाहरुमा हुने क्यान्सर मध्ये सबै भन्दा धेरै पाठेघरको मुखको क्यान्सर भएको बताइन्छ ।
पाठेघरको मुखको क्यान्सर ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) को संक्रमणको कारण हुन्छ ।
विश्व स्वास्थ्य संघको एक तथ्यांकअनुसार यो रोगबाट वर्षैनी २ लाख ७० हजार भन्दा बढी महिलाहरुको अकालमै मृत्यु हुने गरेको छ । जसमा ८५ प्रतिशत कम विकसित अर्थात नेपाल जस्तो देशहरु पर्दछन् ।
नेपालमा बार्षिक १० हजारको हाराहारीमा पाठेघर मुखको क्यान्सरका नयाँ विरामीहरु थपिने गरेको देखिएको महाशाखाका अधिकारीहरु बताउँछन् ।
यसकारण हुन्छ महिलाको पाठेघरमा मुखको क्यान्सर
पाठेघरको मुखमा एचपिभी भाइरस प्रवेश गरेको छ भने यौनसम्पर्क सुरु भएपछि असर देखिन सुरु हुन्छ । सेतो पानी बग्ने र योनी चिलाउने जस्ता पाठेघरको मुखको क्यान्सरका लक्षण भएको चिकित्सकहरु बताउँछन् ।
यो ह्युमन प्यापिलोमा भाइरस (एचपिभी) को संक्षमणले हुने क्यान्सर हो । यो संक्रमणले पाठेघरको मुखलाई लक्षित गरी आक्रमण गर्ने गर्छ । संक्रमण भएको ८ देखि १० वर्ष पछि क्यान्सरमा परिणत हुन्छ । महिलालाई पाठेघरको मुखमा क्यान्सर भएन–भएको बारे ‘प्याप स्मेयर टेस्ट’ अर्थात गर्भाशय श्राव परीक्षण गरेर पत्ता लगाउन सकिन्छ । यो विधि पाठेघरको कोषिकामा सामान्य अवस्थामा रहे नहरेको पत्ता लगाउने एउटा सरल र छरितो विधि भएको चिकित्सकहरुको भनाई छ ।
परीक्षणको समयमा पाठेघरको क्यान्सर कुन अवस्थामा छ भन्ने जानकारी लिन सकिन्छ ।
समयमानै चिकित्सकको सल्लाहमा औषधि सेवन गरेमा रोग निको हुन्छ । सानै उमेरमा विवाह गरेमा, असुरक्षित र सानै उमेरमा यौनसम्बन्ध राखेमा, धेरै बच्चा जन्माएमा, धेरै गर्भधारण गरेमा यो रोग लाग्ने बढी खतरा रहने चिकित्सक जय जोशीले बताए । धूमपान गरेको महिलालाई पनि पाठेघरको मुखको क्यान्सरको सम्भावना बढी हुने उनको भनाई छ । यस्तै ५ वर्ष भन्दा बढी हर्माेनयुक्त परिवार नियोजनको साधन प्रयोग गरेका महिलामा पनि क्यान्सरको जोखिम हुन्छ ।
पाठेघरको मुखको क्यान्सरको लक्षण
–यौन सम्पर्क गर्दा रगत देखिने ।
–महिनावारी नभएको समयमा पनि रगत देखिने ।
–सेतो गन्हाउने पानी आउने ।
–सानो पेट दुखिरहने ।
–ढाड दुख्ने ।
–थकाई लाग्ने ।
–लामो समयसम्म खोकी निको नहुने ।
–स्वर परिवर्तन हुने ।
–दिशा वा पिसाब अन्य समय भन्दा फरक समयमा हुने ।
–महिलाको तौल घट्दै जानु पाठेघरको मुखमा हुने क्यान्सरको लक्षणहरु हुन ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




