काठमाडौं । काठमाडौंको गैरीगाँउमा ४ जनाको सामूहिक हत्या गरेको आरोप लागेका युवकको मानसिक अवस्था नबिग्रिएको पाइएको छ । जन्मजात बोल्न नसक्ने २३ वर्षीय सञ्जय भण्डारीले पक्राउ पछि शृंखलाबद्ध हत्या गरेको बताएपछि प्रहरीले उनको ‘ब्रेन म्यापिङ’ गरेको थियो।

केन्द्रीय कारागारमा रहेको अस्पतालमा भण्डारीको ब्रेन म्यापिङ गरिएको हो। उक्त अस्पतालका प्रमुख प्रकाश बुढाथोकीले ब्रेन म्यापिङमा कस्ता खालका विचारहरू पैदा हुन्छन् भनेर नसाबाट हेरिने बताए ।

उनले अस्पतालमा ब्रेन म्यापिङ औपचारिक रुपमा सुरु हुन बाँकी रहेको बताए। झुटो बोल्ने र आपराधिक मनोवृत्तिहरु ब्रेन म्यापिङबाट थाहा पाउन सकिने उनको भनाई छ । पक्राउ परेका भण्डारीले काठमाडौंको अन्य स्थानमा पनि आफूले हत्या गरेको तर प्रहरीले थाहै नपाएको र पत्ता लगाउन पनि नसकेको भनेर दोभासेमार्फत बयान दिएपछि प्रहरी चकित भएको थियो।

‘उनका कुराहरू पत्याउनै नसकिने खालका पनि देखिएपछि मानसिक अवस्थाबारे बुझ्न पनि यो नयाँ प्रविधिको प्रयोग गर्नुपर्ने अवस्था बनेको हो। परीक्षणका क्रममा उनको मानसिक अवस्था नबिग्रिएको र सामान्यभन्दा तीक्ष्ण दिमागको भएको भन्ने पाइएको छ’, अनुसन्धानमा खटिएका एक अधिकारी भन्छन्।

भदौको अन्तिम साता गैह्रिगाउँस्थित एक काठ मिलमा ४ जनाको सामूहिक हत्या गरिएको अवस्थामा शव भेटिएको थियो। प्रहरीले सिसिटिभी फुटेजका आधारमा सञ्जयलाई नियन्त्रणमा लिएको हो।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार