टोकियो/जापान। जापानमा अंग दान गर्ने मस्तिष्क मृत दाताहरुको संख्या १ हजार जना पुगेको छ।

अंग प्रत्यारोपण कानून लागू भएको २६ वर्ष(सन १९९७ अक्टोबरमा)पछि जापान अर्गन ट्रान्सप्लान्ट नेटवर्क (जेओटी)का अनुसार गत शनिबार मस्तिष्क-मृत दाताहरूबाट अंग दान १,००० पुगेको हो । जापानको तथ्यांकलाई हेर्दा १ हजार पुगेको भएपनि अमेरिका र युरोपेली मुलुकको तुलनामा जापानमा अंग दान तथा प्रत्यारोपणको संख्या निकै कम रहेको छ।

जापानमा अंगदान गर्न ईच्छुकहरुले पहिले यस्तो कार्ड लिएका हुन्छन्

को थिए त १००० औँ अंगदाता ?
जापान अर्गन ट्रान्सप्लान्ट नेटवर्क(JOT)का अनुसार १००० औँ अंग दाता ६० वर्षका एक व्यक्ति थिए जसलाई चुगोकु-शिकोकु क्षेत्रको अस्पतालमा भर्ना गरिएको थियो। मस्तिष्क मृत्युको निदान संगै, उनको परिवारले उनको अंग दान गर्न सहमति जनायो। शनिबार, उनको अंगको मुटु, फोक्सो, कलेजो र मृगौला प्राप्तकर्ताहरूमा प्रत्यारोपण गरिएको थियो।

अंगदान के हो ?
मानिसको मृत्युपछि(चिकित्सकियरुपमा मृत घोषणा)पनि शरिरका कतिपय अंगहरु जिवितै(अन्यत्र प्रत्यारोपण गर्न सकिने अवस्थामा )हुन्छन् । यसलाई चिकित्सकिय भाषामा भन्नुपर्दा मस्तिष्क मृत भएका तर अंगहरु जिबितै रहेको अवस्थाका रुपमा बुझ्न सकिन्छ।यस्तो अवस्थामा स्वस्थ रहेका अंगहरु जस्तै मुटु,कलेजो,मृगौला,आँखा आदि आवश्यकिय व्यक्तिहरुमा प्रत्यारोपण गराउन सकिन्छ। यसका लागि मृत्यु अघि नै स्वयम व्यक्ति र मृत्युपछि मृतकका आफन्तहरुको स्विकृति आवश्यक पर्दछ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार