काठमाडौं । छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा सिन्धुपाल्चोकमा दुई शिक्षक पक्राउ परेका छन्। इन्द्रावती गाउँपालिका–६ स्थित कमलादेवी माध्यमिक विद्यायलमा अध्ययनरत १४ र १५ वर्षीया दुई छात्राको जाहेरीका आधारमा प्रहरीले सोही विद्यालयका शिक्षकद्वय ४५ वर्षीय सुरेन्द्र कोइराला र ४९ वर्षीय कविराज पौडेललाई पक्राउ गरेको हो।

उनीहरूलाई गत शुक्रबार (मंसिर २२) गते पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालयका डीएसपी निरन्जन भट्टराईका अनुसार पक्राउ परेका शिक्षकहरू अहिले प्रहरी हिरासतमा छन्।

‘दुईजना किशोरीहरूले यौन दुर्व्यवहार गर्ने गरेको भनी जाहेरी दरखास्त दिएपछि उनीहरुलाई पक्राय गरिएको र अहिले हिरासतमा राखी अनुसन्धान भइरहेको छ । जिल्ला अदालत सिन्धुपाल्चोकबाट ७ दिन म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ ।

शुक्रबार पक्राउ परेका उनीहरूलाई आइतबार (मंसिर २४) गते अदालतबाट ७ दिनको म्याद थप गरिएको हो। अहिले घटनाका बारेमा थप अनुसन्धान जारी रहेको उनले बताए।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार