काठमाडौं, १९ चैत । यसवर्षको कोरियन भाषा परीक्षाका लागि ८२ हजार भन्दा बढीले आवेदन दिएका छन् ।
सन् २०१९का लागि कोरिया जान भाषा परीक्षा दिन ८२ हजार २ सय ६४ जनाको आवेदन परेको छ । यो वर्ष गतवर्षभन्दा झण्डै ७ हजार बढी युवाले कोरिया जानका लागि आवेदन भरेका हुन । गतवर्ष ७५ हजार ५ सय ८० युवाले कोरिया जान फारम भरेका थिए । गत चैत ९ गतेदेखि अनलाइनमार्फत आवेदन माग गरिएको थियो ।

यसवर्ष कृषितर्फ ३० हजार १७९ पुरुष र ९ हजार ४६१ म्हिला गरी कुल ३९ हजार ६ सय ४० जनाले आवेदन दिएको शाखाका प्रवक्ता शोभाकर भण्डारीले जानकारी दिए ।
उत्पादनमुलकतर्फ ४२ हजार ६२४ जनाले दरखास्त दिएका छन् । त्यसमध्ये ३९ हजार २०८ जना पुरुष र ३ हजार ४१६ जना महिला छन् ।

भाषा परीक्षा जेठ २६ र २७ गते हुनेछ । पोखरा केन्द्रबाट १२ हजार जनाले परीक्षा दिन पाउनेछन् । अन्य ७० हजारले काठमाडौंमा परीक्षा दिनुपर्नेछ ।

यसपटक कुल ७ हजार एक सय जना उत्तीर्ण गर्ने योजना छ । त्यसमध्ये उत्पादनमुलक क्षेत्रमा चार हजार ८ सय र कृषि क्षेत्रमा दुई हजार ३०० कोटा निर्धारण गरिएको ईपीएस कोरिया शाखाले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार