टोकियो । नेवा: अन्तर्राष्ट्रिय फोरम जापानले हरेक वर्ष आयोजना गर्दै आएको सामुहिक म्ह: पूजा कार्यक्रम यो वर्ष पनि सम्पन्न गरेको छ।
टोकियो कोतोकु स्थित कितासुना दान्चीको हलमा नोभेम्वर १० तारिकको दिन ठुला तथा बालबच्चा सहित झण्डै सय जनाको एकै पटक गरिएको म्ह: पूजा कार्यक्रम सफलतापुर्वक सम्पन्न भएको संस्थाको महासचिव शिव तण्डुकारले जानकारी दिनुभयो ।कार्यक्रमको सुरूवात नेवारहरूको नेता भनेर पनि चिनिने र मानव अधिकारकर्मी पद्दमरत्न तुलाधर ज्युलाई सम्झिएर , उहाँको योगदानको चर्चा गर्दै उहाँको निधनले पुग्न गएको क्षती प्रति दु:ख व्यक्त गर्दै श्रद्धञ्जली अर्पण गरेका थिए ।
अध्यक्ष दीपरत्न शाक्यले सहभागी सबैलाई स्वागत गर्नुभएको थियो भने संस्थाको संस्थापक अध्यक्ष माधव मानन्धरले शंखधर साख्वाको फोटोमा माल्यार्पण तथा दीप प्रज्वलन गर्नुभएको थियो, साथै नेपाल सम्बतको शुभकामना दिदै , नेपाल सम्बत सुरूको ईतिहास र यसको सुरूवातीकर्ता शंखधर साख्वाको बिषयमा केही जानकारी समेत दिनुभयो ।यसै कार्यक्रमा नेपाल बाट आउनु भएका नेवार कलाकार द्वय सुरेन्द्र तुलाधर र निल शाक्यलाई खादा ओडाई सम्मान गरियो । सुरेन्द्र तुलाधर ईमेज च्यानलमा नेवारी टेलिचलचित्र “खोटा बजी”(जुन ७५० भाग भन्दा माथि प्रसारण भैसकेको छ ) त्यसको निर्देशक हुनुहुन्छ । यस बाहेक नेवारी गीत संगितलाई प्रवर्धन गर्न ठुलो योगदान दिनुभएको छ । नेवारी गीत संगितले धेरैलाई मनोरञ्जन दिनुहुने निल शाक्यलाई पनि आफु माँझ पाउँदा सहभागीहरू उत्साहित भएका थिए ।त्यस पछी विधिवदरूपमा म्ह: पूजा सुरू भएको थियो । संस्थाकी पूर्व अध्यक्ष ज्ञानु खातो मानन्धरको महिला टीमले सहभागी सबैको शरिरको पूजा गर्दिनुभएको थियो ।
संसारमा सम्भवत नेवारी परम्परामा मात्र भएको शरिर पूजा गर्ने परम्पराले ठुलो अर्थ राख्दछ । “मनिसको सबै भन्दा ठुलो धन भनेको स्वस्थ शरिर हो , यही शरिरमा रोग व्याद नलागोस् भन्ने हेतुले पूजा गरिने परम्परा हो म्ह: पूजा “ – महासचिव तण्डुकारले प्रस्ट पार्नुभयो । यसकार्यक्रममा विभिन्न संघ संस्थाको प्रतिनिघीहरूको समेत उपस्थिति रहेको थियो , नेवार संस्थाले आफ्नो परम्परालाई यति उत्कृष्ठरूपमा आयोजना गरेकोमा बधाई तथा आउँदा वर्षमा अझै बृहत होस् भनेर शुभकामना पनि दिए ।
पूजा पश्चात खान पिनको कार्यक्रम रहेको थियो , नेवारी पकवान र पिय पदार्थको व्यवस्था गरिएको थियो । कार्यक्रमको अर्को आकर्षण यो पनि रह्ये, धेरै सहभागीहरू जापान आएर पहिलो चोटी नेवारी खाना खान पाएको समेत बताएका थिए ।
कार्यक्रमलाई अझ रमाईलो गर्न सांगितिक कार्यक्रम पनि गरिएको थियो । साना नानीहरू नेवारी गीतमा नृत्य प्रदर्शन गरेका थिए । कलाकार द्वय सुरेन्द्र तुलाधर र निल शक्यले पनि आफ्ना नेवारी गीतहरू गाएर सहभागीहरूलाई नचाएका थिए ।
तस्बिरहरु

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




