मेरिल्याण्ड। प्लस ९७७डट नेट (PLUS977.NET) को आयोजना शनिबार डिसेम्बर २८ का दिन मेरिल्याण्ड राज्यको बाल्टिमोरमा गीतकार लवकुमार बुढाथोकीको गीति संग्रह “ मायाको घर” को बिमोचन गरिएकोछ ।
उक्त कार्यक्रममा उपस्थित कलाकारहरुले सयुक्त रुपमा उक्त गीती सङ्रहको बिमोचन गरेका हुन । कार्यक्रमको सभापतित्व बाल्टिमोर नेपालीज एसोसियसन,बानाकि निर्वतमान अध्यक्ष तथा समाजसेवी अनसुया श्रेष्ठ वन्तले गरेकी थिइन् भने प्रमुख अतिथि महाबाणिज्य दुत तथा वरिष्ठ लोकगायक प्रेमराजा महत थिए ।
लामो समय देखी जापान बसोबास गर्दै आएका गीतकार बुढाथोकीले अमेरिका भ्रमणको अवसर पारेर नेपाली कलाकारहरुको बाक्लो बस्ती रहेको शहर बाल्टिमोरमा आफ्नो गीती संग्रहको बिमोचन गरेका हुन् । कार्यक्रममा लोक गायिका एवम मोडल शान्ती भण्डारीले स्वागत मन्तब्य राख्दै गीतकार लवकुमार बुढाथोकीको छोटो परिचय दिएकी थिइन् । बुढाथोकीले रचेका गीतहरुलाई नेपालका चर्चित गायक, गायिका शिव परियार ,उदय सोताङ्ग ,मेलिना राई लगायतले स्वर दिएका छन् । बिमोचन कार्यक्रममा बोल्दै लेखक बुढाथोकीले दिग्गज कलाकारहरुको माझमा आफ्नो गीतिसङ्रह बिमोचन गर्न पाउँदा आफू निकै हर्षित भएको र सौभाग्यशाली भएको बताए ।
कार्यक्रममा दिलिप रायमाझी,पूजा चन्द लामा ,गैर आवासीय नेपाली संघ मेरिल्याण्ड शाखाका अध्यक्ष डोलनाथ घिमिरे ,बाना अध्यक्ष सुबोध पन्त लगायतले शुभकामना मन्तब्य राखेका थिए । प्रमुख अतिथि प्रेम राजा महतले गीतकार बुढाथोकीको प्रशंसा गर्दै गीतिसङ्रह को लोकप्रियाताको कामना गरे।
चलचित्र निर्देशक सुरेश दर्पण पोखरेलले सन्चालन गरेको उक्त कार्यक्रममा नायक दिलिप रायमाझी, मेलिना मानन्धर ,पूजा चन्द, मुकेश ढकाल, शुशन्क मैनाली, सृजन ताम्राकार ,कन्हैया सिंह , कुमार कार्की , बाबुराम ढकाल , बानाका संस्थापक अध्यक्ष मोहन थापा , पूर्व अध्यक्ष बिजय श्रेष्ठ, एन्जेल ब्याण्डका राजु लामा लगायतको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




