युएई । सर्वाधिक पुरस्कार राशीसहित विश्वब्यापी नेपाली कविता प्रतियोगिता हुनेभएको छ ।प्रतियोगिता सगरमाथा साहित्य प्रतिष्ठान नेपालले आयोजना गर्न लागेको हो । सर्वोत्कृष्ट हुने कविले पचपन्न हजार पाँच सय पचपन्न रुपैयाँसहित प्रमाणपत्र पाउने छन् । यो राशी कविता प्रतियोगितामा अहिलेसम्मकै सर्वाधिक पुरस्कार राशी रहेको कुरा संस्थाको अध्यक्ष कृष्ण बिश्वकर्मले बताए।
प्रतिष्ठानले बिश्वब्यापी नेपाली कविता प्रतियोगिताको तयारी पूरा गरि देश बिदेशमा रहने कविहरुबाट प्रतियोगिताको लागि कविता आव्हान गरेको छ। कविता फाल्गुन १ गतेसम्ममा संस्थाको इमेलमा पठाउनु पर्नेछ। प्रतियोगीताको लागि बढीमा एक सय पचास शब्दको गद्य कविता र बढीमा पाँच श्लोकसम्मका छन्द कविता पठाउन पनि संस्थाले जारी गरेको सुचनामा उल्लेख गरिएको छ । कविता नेपाली युनिकोडमा मात्र लेखी पठाउन भनिएको छ ।
कविता प्रतियोगिताको नतिजा २०७७ वैशाख १ गते घोषणा गरिने र उपयुक्त समय मिलाएर नेपालमा विशेष समारोह गरीने र सोही कार्यक्रममा सवोकृष्ट एकलाई नगद पुरस्कारकोसाथ सम्मान र अन्य उत्कृष्ट दस कविहरुलाई प्रमाणपत्र सहित सम्मान गरिने संस्थाका कार्यक्रम संयोजकले वताएका छन्।
प्रतियोगिताका उत्कृष्ट दससहित देश बिदेशका एकाउन्न कविका कविताहरु समेटेर संस्थाबाट एक वर्ष भित्रै कवितासंग्रह प्रकाशित गरिने पनि जनाइएको छ।
प्रतियोगी कविता कुनै पनि राजनैतिक पूर्वाग्रह, गालीगलौज, साम्प्रदायिक सद्भावलाई खलल पार्ने खालका विचार र अश्लील शब्दहरुको प्रयोग गरिएको हुन नहुने बताइएको छ। अंग्रेजी र नेपाल अधिराज्य भित्र बोलिने कुनै पनि जनजातिका भाषामा लेखिएका कविताहरूले पनि प्रतियोगितामा प्रवेश पाउनेछन्। तर, उक्त कविताहरूका नेपाली रुपान्तरण पनि साथमै संलग्न हुनु पर्ने बताइएको छ। रचनाका साथमा कविको छोटो परिचय, पासपोर्ट साईजको फोटो, सम्पर्क ठेगाना र सम्पर्क नम्बरसमेत उल्लेख गरी सगरमाथा साहित्य प्रतिष्ठानको इमेलमा पठाउन संस्थाको फेसबुक पेजमा जारी सुचनामा आग्रह गरिएको छ।
कविता पूर्णतः मौलिक, कुनै पनि छापा तथा अन्य कुनै माध्यमबाट प्रकाशित(प्रसारित नभएको र साथै कुनै पनि प्रतियोगितामा सहभागी नभएको हुनुपर्ने पनि सगरमाथा साहित्य प्रतिष्ठान नेपालको प्रतियोगिताको प्रचार–प्रसार संजोकले जनाएका छन्।
प्रतियोगिताले बिश्वभरी छरिएर रहेका नयाँ पुस्ताका कविहरुलाई थप उर्जा प्रदान गर्ने विश्वास गरिएको प्रतिष्ठानका अध्यक्ष कृष्ण विश्वकर्माले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




