काठमाडौं । इटालीका एक संक्रामक रोग विशेषज्ञ डाक्टरले कोरोना भाइरस (कोभिड-१९) कुनै खोप नबनेपनि आफैँ हराउने दाबी गरेका छन् । टेलिग्रााफले उल्लेख गरे अनुसार सान मार्टिनो अस्पतालमा इन्फेक्सियस डिजिज क्लिनिकका प्रमुखस डाक्टर माटेओ बसेटीले कोरानेा भाइरस अहिले पहिलाको तुलनामा कम जोखिमपूर्ण बनेको र यो अबको केही समयमा आफैं हराएर जाने दाबी गरेका हुन् ।
बसेटीका अनुसार मार्च र अपि्रलको शुरुको तुलनामा अहिलेको अवस्था निकै फरक बनिसकेको छ । उक्त समयमा मानिसहरुलाई यो रोगले निकै च्याप्ने गरेको उनको भनाइ छ । त्यतिबेला यो बिरामीलाई सम्हाल्न निकै कठिन हुने अवस्था देखिएको थियो र मानिसहरुलाई अक्सिजन र भेन्टिलेसनमा राख्नुपर्ने अवस्था देखिएको थियो । जसमध्ये केहीमा निमोनियाको समस्या पनि देखिएको थियो ।
पछिल्लो एक महिनामा भने कोरोना भाइरसका बिरामीको प्रकृति परिवर्तन भएको बसेटीको भनाइ छ । ‘मार्च र अप्रि लमा यो एक आक्रामक सिंहजस्तो देखिएको थियो तर अहिले यो एक बनबिरालो जस्तो देखिएको छ’, उनले भने ‘८० वा ९० वर्षका बिरामीहरु पनि अहिले बेडमा बसिरहेका छन् र श्वासप्रश्वासको लागि कुनै सहयोगको आवश्यकता पनि परेको छैन ।’
कोरोना भाइरस नियन्त्रणको लागि लकडाउन गर्ने, मास्क लगाउने, भौतिक दुरी कायम राख्नेजस्ता सुरक्षाका उपायहरुको कारण कोरोना भाइरसले आफ्नो स्वरुप परिवर्तन गरेको हुन सक्ने उनको भनाइ छ ।
बसेटीले शोधकर्ताहरुले खोप विकास गर्नुभन्दा पहिला नै कोरोना भाइरस हराउन सक्ने पनि उल्लेख गरेका छन् ।
यद्यपि अन्य विशेषज्ञहरुले भने यो भाइरस पूर्णरुपमा हराउन केही वर्ष लाग्न सक्ने बताएका छन् । ‘मलाई यति छिटै कोरोना भाइरस हराउँछ जस्तो लाग्दैन’, बेलायतको युनिभर्सिटी अफ एक्सेटर मेडिकल स्कुलका प्राध्यापक भरत पंखानियाले बताए ।
त्यस्तै विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले पनि कोरोना भाइरसको कारण अहिले झन् धेरै मानिसहरुको मृत्यु भइरहेको बताएको छ । डब्ल्यूएचओले अहिलेसम्म कोरोना भाइरसको स्वरुप परिवर्तन भएको पनि बताएको छैन । डब्ल्यूएचओले बसेटीको दाबीलाई पुष्टि गर्ने किसिमको कुनै पनि स्पष्ट अनुसन्धान नभएको बताएको छ ।
डब्ल्यूएचओको हेल्थ इमर्जेन्सिजका निर्देशक डाक्टर माइकल रयानले अहिलेसम्म कोरोना भाइरस कमजोर बन्दै गएको वा स्वरुप परिवर्तन गरिरहेकेा भन्ने दाबीलाई पुष्टि गर्ने डेटाहरु नपाइएको बताएका छन् ।
स्रोत : न्युयोर्क पोस्ट
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




