टोकियो । गैर आवासिय नेपाली संघ एसिया प्याशिफिक युवा कमिटिको आयोजनामा बक्तृत्वकला प्रतियोगिता हुनेभएको छ । ‘राष्ट्रको लागि मेरो सपना’ शीर्षकमा रहेर नेपाली र अंग्रेजी दुवै भाषामा एसिया प्याशिफिक स्तरीय बक्तृत्वकला प्रतियोगिता आयोजना गरिन लागिएको हो ।
एनआरएनए एसिया प्याशिफिक युवा संयोजक दीपक कँडेलका अनुसार, सम्बन्धित देशको स्थायी प्रमाणपत्र पनि लिई दोस्रो पुस्ता सम्म बिताइ सक्नु भएका अभिभावकका बालबालिकाहरुलाई नेपाल राष्ट्र र राष्ट्रियतासँग प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको हो । प्रतियोगितामा सहभागिताको लागि नेपाल बाहेक एसिया प्याशिफिक क्षेत्रमा बसोबास गर्ने विद्यार्थी हुनुपर्नेछ । अनलाईन जुम मार्फत (अडियो, भिडियो ) हुने सो प्रतियोगितामा सहभागि हुन १९ वर्ष नकाटेको हुनुहुपर्नेछ । प्रत्येक प्रतियोगिले बढीमा ३ मिनेट सम्मको भिडियो पठाउनुपर्नेछ ।प्रतियोगितामा भागलिन इच्छुक विद्यार्थीहरुले आफू बसेको देशमा रहेको गैर आवासीय नेपाली संघमा ती भिडियो पठाउनुपर्नेछ । त्यसपछि एनआरएनएको सम्बन्धीत एनसिसीले बढीमा तीन जनाको छनौट गरि एसिया प्रशान्त क्षेत्रीय कमिटिमा पठाउनेछ । कमिटिमा पुग्न सफल प्रतियोगिमध्येबाट जुममार्फत लाईभ गरिनेछ । फाइनलमा पुग्ने प्रतियोगिले आफनो प्रस्तुती ३ मिनेटभित्र राखीसक्नुपर्नेछ । प्रतियोगिताको लागि तीन जना निर्णयक मण्डल रहनेछन् ।

प्रतियोगिता आगामी अगस्ट ९ तारिख आइतबार नेपालको समय ३ बजे हुनेछ । प्रतियोगितामा विजेतालाई नगद तथा प्रमाणपत्रको ब्यवस्था गरिएको छ । संयोजक कँडेलका अनुसार पहिलो हुनेलाई १ लाख, दोस्रो हुनेलाई साठी हजार, तेस्रो हुनेलाई चालिस हजार रुपैँया नगद पुरस्कार तथा प्रमाणपत्रको ब्यवस्था गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




