अष्ट्रेलिया । “विगत १८ वर्षमा गैरआवसीय नेपाली संघले नेपाली र नेपाल संग जोडने धेरै मुद्दा बोकिसकेको छ, लगानीका क्षेत्रमा, नेपालीलाई नेपाल संग जोडने कार्यमा धेरै उल्लेखनिय राम्रा कार्यहरु पनि हुँदैआएका छन । संस्थाले १८ वर्षमा प्रगति उन्नति गर्नुका साथै संस्थामा सबै नेपालीको इच्छा आंकाक्षा बढेको छ, संगसंगै यस अभियानमा लाग्नेहरु बिचका सम्बन्ध पनि उक्तिकै सुमधुर रहनु जरुरी रहेको छ, म सबैलाई जोडन उमेद्वारी दिदै छु, मेरो उमेद्वारी हामी बिचको संम्बन्धहरुलाई प्रगाड बनाउदै संस्थालाई दरिलो बनाउन प्रमुख केन्द्रित रहने छ”भन्दै अष्ट्रेलियामा स्थाई बसोबास गर्दै आएका गणेश केसीले आसन्न गैरआवसीय नेपाली संघको १०औं अन्तर्राष्ट्रिय सम्मेलनमा उपाध्यक्ष पदमा उमेदवारी दिने घोषणा गरेका छन् ।

गत बिहिबार साँझ ओशियाना क्षेत्रका एनआरएनए अभियान्तहरुको सतप्रतिशत उपस्थितिमा केसीले आफनो उमेद्वारी घोषणा गर्दै सहयोगका लागि अपिल गरेका छन । यस अभियानमा अन्तर्राष्ट्रिय स्तारमा जादै गर्दा ओशियाना आफनो घर भएको र यहाँका अभियन्तहरु आफना सुःख दुःखका साथी एबम अग्रज भएकाले पहिला घरबाट नै सुझाब, सल्लाह र माया लिदै उमेद्वारी घोषणा गरेको केसीले बताए ।

एनआरएनए अष्ट्रेलियाका बिभिन्न पदमा कार्य गर्दै सन २०११ २०१३ का लागि अध्यक्ष भएर सफल कार्य सम्पादन गरीसकेको केसीले सन २०१२मा अष्ट्रेलियामा भएको एनआरएनए ग्लोवलको क्षेत्रिय सम्मेल भब्य र ऐतिहासिक आयोजना गर्दै सफल पार्ने अवसर समेत जुटाएका थिए । नेपाली बिद्यार्थी एबम असायहरुलाई सहयोग गर्न एक करोडको सोसियल वोलफियर फण्डको स्थापना गरेर राष्ट्रिय अन्तर्राष्ट्रिय श्यावासी समेत पाएका थिए । संस्था ठूलो हुँदै गएपछि अभियन्तहरुमा दुरी बढनु असमझदारी हुनु स्वभाबिक नै हो तर त्यस्ता बिषयमा संधै गम्भिर भएर सबैलाई सम्मान दिन सक्ने, संस्थाको स्वार्थलाई केन्दमा राखेर कार्य सम्पादन गरीसकेको छबि बनाएका गणेश केसीले अन्तर्राष्ट्रिय समन्वय समितिमा योग्दान गर्न सक्ने आकलन कार्यक्रममा उपस्थित अभियन्तहरुले बताएका थिए । सन २०१३ मा आईसीसी सदस्य भएर कार्य गरेका केसी सन २०१५ र सन २०१७ मा सचिबका उपबिजेता थिए ।

कार्यक्रममा एनआरएनए अष्ट्रेलियाका पुर्व अध्यक्षहरु ध्रुब सुवेदि, महेन्द्र ओली, सुरेन्द्र सिग्देल, बर्तमान अध्यक्ष नन्द गुरुङले आफना बिचार राख्दै गणेश केसीको उमेद्वारीलाई सहयोग गर्ने प्रतिबद्धता दिएका थिए । कार्यक्रममा पुर्व अध्यक्ष मन केसी, तोनु घोताने, केशब कंडेलको उपस्थिति रहेको थियो ।

एनआरएनएका अभियान्त, संस्थापकहरु इन्द्रा बन, दीपक खडका, सुदिप कार्की भवानि ओली, निरज श्रेष्ठ, रन्जु वाग्ले थापा, एनआरएनए आईसीसी महिला संयोजक भोमा लिम्बु, जानकी पौडेल, न्यूजिलेण्डका पुर्व अध्यक्षहरु लाल केसी र बाबुराजा महर्जन, पिएनजि एनआरएनका अध्यक्ष मोहन पन्त र आईसीसी सदस्य सोम थापा, ओसियानाका आरसी होम पाण्डे, डिआरसी नबिन कंडेल, सुजाता केसी लगायत दर्जनै अभियान्तहरुले केसीलाई सहयोग सहित सफलताको लागि शुभकामना व्यक्त गरेका थिए । कोभिडले गर्दा धेरै लामो समय देखि भेटन र कुरा हुन नसकेको बर्तमान अवस्थामा यति धेरै एनआरएनए अभियान्ताहरुलाई जोडेर कुराकानी गराउनु र यो गर्न सक्ने क्षमता गणेश केसीमा भएको र गरेकोमा धन्यबाद व्यक्त गर्दै सहयोग गर्ने प्रतिबद्धता एनआरएनए अभियान्त एबम पुर्व यूवा संयोजक भवानी ओलीले कार्यक्रममा बताएका थिए ।

एनआरएनए अष्ट्रेलियामा कार्यको प्रसंसा गरेर संधै लिईने नाम हो गणेश केसी, उहाँले आईसीसीमा पनि कार्य गरेर अष्ट्रेलिया र सबै नेपालीको सान राख्न सक्ने व्यक्तत्व केसीमा भएको बिचार पूर्व आईसीसी यूवा उपसंयोजक कृष्ण गिरी, पूर्व आईसीसी सदस्य दीनेश जोशी, पूर्व आरसीका उमेद्वार प्रेम सापकोटा, एनआरएनए अष्ट्रेलियाक उपाध्यक्ष देब गुरुङ, अष्ट्रेलियाक पत्रकार संका पूर्व अध्यक्ष हेमन्त काफले, डा. कृष्ण हमाल, सोम प्रसाद गुरुङ, अभिमननु केसी ,लोकनाथ पौडेल, डा. राजु अधिकारी लगायतले राखेका थिए ।

केसीले ओशियाना स्तारमा कार्यक्रम रखेर आफनो उमेद्वारी घोषणा गरेपनि अब चाडै बिश्व भरी छरिएर रहेका नेपाली बिचमा बिभिन्न प्रचार प्रसार कार्यक्रम लिएर जाने बताए । मेरो ईच्छा सेवाग्री भावनाले संस्थामा कार्य गर्न जाने भएकाले मैले हिजो गरेका कार्यलाई हेरेर पनि मलाई सबैले सहयोग गर्नु हुन्छ भन्ने आशाबादी भएको केसीले बताए ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार