३०,जुलाई । जब तपाईं सर्च बारमा आफुले सर्च गर्न खोजेको केही शव्द लेख्नुहुन्छ तब ड्रप डाउन मेनूमा सर्चसँग सम्बन्धित विभिन्न शीर्षकहरु देखापर्दछन्, त्यो नै इन्स्टेन्ट सर्च हो । तर अब यो फिचर गुगलले बन्द गर्न लागेको छ ।
गुगलका अनुसार अब धेरैजसो इन्टरनेट प्रयोगकर्ताले डेस्कटपको साटो मोबाइलबाटै सर्च गर्दछन् । त्यसैल इन्स्टेन्ट सर्चको खासै आवश्यकता रहेन ।
स्मरण रहोस् गुगलले सन् २०१० मा इन्स्टेन्ट सर्च फिचर लञ्च गरेको थियो । तर सन् २०१५ मा मोबाइलबाट हुने सर्चहरु डेस्कटपबाट हुने सर्चभन्दा बढी भएसँगै उसले यो फिचर बन्द गर्ने निर्णय गरेको थियो ।
सर्च इन्जिन ल्याण्डसँग कुरा गर्दै गुगलका प्रवक्ताले भनेका छन्, ‘हामीले २०१० मा गुगल इन्स्टेन्ट लञ्च गरेका थियौं । यसको उद्देश्य पयोगकर्तालाई छिटो भन्दा छिटो खोजेको जानकारी उपलब्ध गराउनु थियो । यति छिटो की उसले आफुले खोजेको कुरा पूरै टाइप नगर्दै जवाफ मिलोस् । तर पछिल्लो समयमा गुगलमा धेरै सर्च मोबाइलबाट हुन थाले जसको इनपुट, इन्ट्र्याक्सन तथा स्त्रिmनका सीमाहरु निकै अलग हुन्छन् डेस्कटपममा भन्दा । यही कुरालाई ध्यानमा राख्दै हामीले गुगल इन्स्टेन्ट सर्च बन्द गर्ने निधोमा पुगेका हौं, ता कि हामीले सबै डिभाइसको लागि सर्चिङलाई फास्ट बनाउन सकौ ।’
गुगलका अनुसार इन्स्टेन्ट फिचर बन्द भइसकेपछि गुगलमा सर्च गर्दा सर्च बारमा केही कुरा टाइप गर्दा ड्रपडाउन मेनूमा सम्बन्धित शीर्षकहरु आउन बन्द हुने चाहीँ होइन ।
गुगलले सर्च गर्दा तपाईंलाई काम लाग्ने सुझाव दिइरहने नै छ । तर फरक यत्ति मात्र हो की नतिजामा आउने सुझावमा तपाईंले क्लिक गर्नुपर्नेछ । जबकी इन्स्टेन्ट सर्चमा आफ्नो कुनै प्रश्न सर्च बक्समा टाइप गरेसँगै गुगलले आफै सर्च रिजल्ट देखाउन थाल्दथ्यो र त्यसलाई तपाईं टेक्स्टमा बदल्न सक्नुहुन्थ्यो ।
एजेन्सी
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




