टोकियो/जापान । यदि तपाई पुराना मोडलका आईफोन प्रयोग गर्नुहुन्छ भने, अब नयाँ आईओस (IOS)भर्सनहरु सपोर्ट नगर्ने भएको छ । एप्पल ईंकले आईओएस १६ घोषणासंगै यो भर्सन पुरानो सेटहरुमा अपडेट नहुने बताएको हो ।

एप्पलले डेवलपमेंट सम्मेलन (WWDC)मा “iOS 16” को नयाँ संस्करण घोषणा गरेको छ । यसमा धेरै नयाँ फङ्सनहरु समावेश गर्नुको अतिरिक्त यो आईफोन ७( iPhone 7 ) र त्यस अघिका मोडेलहरूमा सपोर्ट नगर्ने बताईएको छ ।

“iOS 16”हाल डेभलपरहरुको पूर्वावलोकनमा छ, जुलाईमा यसको सार्वजनिक हुनेछ ।यस भर्सनमा लक स्क्रिनलाई अनुकूलन गर्ने नयाँ तरिकाहरू छन् । यसका साथै आफुले पठाएका म्यासेजहरुलाई सम्पादन र रद्द गर्न सकिने सुविधाहरु पनि छन् । भिडियोमा रहेको अझरहरु समेच पहिचान, प्रदर्शन र भ्वाइस इनपुटको लागि इमोजी सपोर्ट जस्ता अपडेटहरु समावेश छन्।

तर यो नयाँ भर्सन iOS 16 आईफोन ७ तथा त्यस अघिका सबै प्रकारको डिभाईसहरुमा सपोर्ट गर्दैन।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार