सोसियल मिडिया र सोसियल कमर्शलाई एउटै प्लेटफर्ममा ल्याउने महत्वकांक्षी योजनाकासाथ नेपालीहरुले स्थापना गरेको सामाजिक सञ्जाल सगुनमा हालसम्म ५२ वटा देशबाट लगानी भएको सगुनले जनाएको छ । मिनि आइपीओ अन्तर्गत पहिलो चरणको लगानी सगुनले अमेरिकाबाट शुरु गरेको थियो भने दोश्रो चरणको शुरुवात बेलायतबाट गरेको थियो । लगानी खुल्ला गरेको हालको दोश्रो चरणमा दक्षिण कोरियाबाट सबैभन्दा धेरै लगानीकर्ताहरुले लगानी गरेकाछन् । यसैगरि लगानीकर्ताको संख्याको आधारमा दोश्रो स्थानमा अमेरिका रहेको छ भने तेश्रो स्थानमा बेलायत रहेको छ । यस्तै अष्ट्रेलिया, जापान र युएई क्रमश चौथो, पाँचौ र छैटौं स्थानमा रहेको सहसंस्थापक कविन्द्र सिटौलाले जानकारी गराए ।
सगुनको लगानीको यस चरणमा न्यूनतम रकम एक हजार अमेरिकी डलर वा सो भन्दा बढी लगानी गर्न सकिने छ । सगूनले यस पटकको लगानीको चरणमा क्रेडिट वा डेविट कार्डबाट समेत लगानी गर्न पाउने व्यवस्था गरेको छ । तर सिटौलाका अनुसार हालसम्म धेरै व्यक्तिहरुले वायर ट्रान्सफर मार्फत लगानी गरेका छन् । त्यसैगरि हालसम्म पाँच हजार भन्दा बढी व्यक्तिहरुले औषत सोह्् सय अमेरिकी डलरका दरले लगानीको लागि इच्छा जाहेर गरिसकेको कुरा पनि सिटौलाले बताए ।
विश्वभरबाट सर्वसाधारणहरुले लगानी गर्न पाउने यस अवसरमा सहभागिहुनेहरुमा नेपालीहरुको संख्या नै सवैभन्दा बढी रहेको जनाइएको छ । त्यसै गरि भारतीय, अमेरिकी, मध्यपूर्व एशिया लगायतका नागरिकहरुको समेत उल्लेख्य लगानी रहेको जनाइएको छ । आइटी तथा सोसियल मिडियाको क्षेत्रमा विश्वव्यापी लहर ल्याउन सफल सगुनप्रति विश्वभर छरिएर रहेका नेपालीहरुले धेरै आशा र भरोसा राखेको पाइएको छ । नेपालीले पनि इनोभेसनको क्षेत्रमा विश्व माझ शिर उठाउने कोशिस गरेको सगुनमा सकेसम्म धेरै भन्दा धेरै नेपालीहरुको साथ र सहयोग प्रदान गर्न लगानीकर्ताहरु स्वयं उत्साहित हुंदै लागेको विभिन्न सोसियल मिडियाहरुमा देखिएको छ । आफूले लगानीको गरेको जानकारी विभिन्न सामाजिक सञ्जालहरु मार्फत दिंदै अरुलाई पनि यो अवसरमा सहभागि हुन अनुरोध गरिएका सन्देशहरु व्यापकरुपमा देख्न थालिएको छ ।
सोसियल मिडियाको क्षेत्रमा नयाँ र नौलो सोचका साथ अगाडि आइरहेको सगुनले एन्ड्रोइड एप छिटै नै ल्याउँन लागेको जनाइएको छ । यसै गरि २०१८ मा बजारमा ल्याउने गरि निर्माण कार्य शुरु गरिसकिएको सोसियल स्मार्ट कार्डले सामाजिक सञ्जाल र सोसियल कमर्शको क्षेत्रमा नयाँ आयामको शुरुवात हुने कुरामा सगुनका संस्थापक गोविन्द गिरी विश्वस्त छन् ।
अमेरिकी सरकारको सेक्युरिटिज् एण्ड एक्सचेञ्ज कमिसनबाट मिनि आइपीको स्विकृत प्राप्त गरेर सर्वसाधारणमा स्वामित्व शेयर विक्री गर्ने सोसियल मिडियासंग सम्वन्धित पहिलो स्टार्ट अप कम्पनी सगुनमा पहिलो चरणको लगानी खुल्ला भएको क्षण देखि यसलाई साथ र सहयोग गर्ने नेपालीहरुको संख्या झन् झन् बढ्दो छ ।
पहिलो चरणमा ३५०० भन्दा बढी व्यक्तिहरुले लगानीकोलागि इच्छा जाहेर गरेका थिए भने ६० भन्दा बढी देशहरुबाट लगानी भएको थियो । सो चरणमा अमेरिकाबाट सवै भन्दा धेरै लगानी भएको थियो भने लगानीकर्ताको संख्याको आधारमा दक्षिण कोरिया दोश्रो र अष्ट्रेलिया तेश्रो थिए । त्यसैगरि क्रमशः वेलायत, जापान र युएई बाट लगानीकर्ताहरुले लगानी गरेका थिए ।
सगुनले हाल खुल्ला गरेको दोश्रो चरणको लगानी यहि नोभेम्वर ३० तारिक मध्यराती (न्यूयोर्क समय अनुसार) देखि बन्द हुंदैछ । सो समयसम्म विश्वभरबाट जो कोहि सर्वसाधारणले पनि सगुनमा लगानी गर्न सक्नेछन् । तर नेपालको कानूनि प्रावधानको कारणले नेपालबाट भने लगानी गर्न पाइने छैन । लगानी गर्न भर्नु पर्ने फाराम सगूनको साइटमा उपलब्ध छ जुन अत्यन्तै सरल र करिव ५ मिनेटमा नै जहाँबाट पनि भर्न सकिनेछ । फाराम भर्न वा लगानी रकम पठाउने विषय लगायत अन्य कुनै पनि प्रकारको प्रश्न वा जिज्ञासा भएमा सगुनको पेजमा उपलब्ध भएको हेल्प सेन्टरबाट २४ सै घण्टा अंग्रेजी, नेपाली र हिन्दी भाषामा सहयोग लिन सकिने छ ।
https://m.youtube.com/watch?feature=youtu.be&v=QypiehtGT8k
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




