{"source":"other","uid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1628592352575","origin":"gallery","fte_sources":[],"used_sources":"{"version":1,"sources":[]}","premium_sources":[],"is_remix":false}

लन्डन । गैर आवासीय नेपाली संघ (एनआरएनए) एनसीसीको निर्वाचनमा बेलायत निवासी बिनय अधिकारीले सचिवमा उम्मेद्वारी घोषणा गरेका छन् । आगामी अक्टोबरमा नेपालमा हुने निर्वाचनमा अधिकारीले सचिव पदमा उम्मेदवारी दिएका हुन्। बेलायतमा रहेर विभिन्न पेशा ब्यवसाय तथा सामाजिक सेवामा सक्रिय अधिकारी हाल ग्लोबल गोरखा समाजको अध्यक्ष हुन् भने यसअघिको चुनावमा समेत सचिवको प्रत्यासी रहेका थिए । अदम्य आँट, उर्जा र दृढ स्वभावका अधिकारी आफ्नो कार्यकालमा अग्रणी छवि कायम गर्न सफल रहँदै आएका छन् ।

सबल र पारदर्शी एनआरएनएका लागि दुरदर्शी नेतृत्व र समावेशी प्रतिनिधित्वको पक्षमा आवाज उठाउदै आएका अधिकारी नेपाल बाहिर रहेका नेपालीका साझा सबाल र मुद्दामा सचेत मात्रै नभई वकालतमा निकै अगाडि छन् । डेढ दशकदेखि प्रवासमा रही विभिन्न संघ संस्था तथा सामाजिक अभियानमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका अधिकारी एनआरएनए युकेमा मात्र नभई केन्द्रीय कार्यसमितिमा समेत उर्जाशिल युवाको रुपमा परिचित छन् । गैर आवासीय नेपालीका समस्या तथा वीरता र साहशको पर्यायका रुपमा विश्वविख्यात ब्रिटिश भूपू गोर्खा सैनिकले ब्यहोर्नु परेको पीडाबारे आफ्नो कार्यकालमा निरन्तर आवाज उठाउदै आएका अधिकारी विश्वभर रहेका नेपाली र उनीहरुले भोग्नुपरेका समस्या र कठिनाईबारे पनि जानकार छन्। गैर आवासीय नेपाली संघ केबल एक संस्था मात्र नभई विश्वभरका नेपालीलाई समेट्दै नेपाल र नेपाल बाहिरको नेपाल जोड्ने बलियो पुल बन्नुपर्ने मान्यतामा अडिग अधिकारी केन्द्रीय कार्यसमितिमा रही आफ्ना अनुभवलाई कार्यान्वयनमा रुपान्तरण गर्ने योजनाका साथ सचिवमा उम्मेदवार बन्ने घोषणा गरेको बताउँछन् ।


सन २०१३ बाट एनआरएनए अभियानमा होमीएर सन २०१७–१९ सम्म एनआरएनए युकेमा उपमहासचिव पदमा रहेका अधिकारी सफल प्रेरणादायी ब्यक्ति रहेको आम एनआरएनएका सदस्यहरुको बुझाइ छ । डेढ दशक लामो प्रवास बसाई र त्यसक्रममा सिके भोगेका अनुभवलाई नेपालसँग जोडने लक्ष्य लिएका अधिकारी पत्रकारितासँगै सामाजिक अभियानहरुमा पनि क्रियाशिल छन् । उनि सन २०१५ देखि ग्लोबल गोरखा समाजमा आवद्ध रहँदै आएका छन् । हाल अध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका अधिकारीले कोभिड १९ को महामारीमा नेपालमा महत्वपूर्ण भूमीका निर्वाह गरे । गोरखा जिल्लामा अधिकारीको नेतृत्वमा ग्लोबल गोरखा समाजले १ स्वास्थ्य चौकी, १ अक्सिजन कन्सनट्रेटर, १ प्राथमिक उपचार केन्द्र २ अक्सिजन कन्सनट्रेटर र १ हस्पिटल ४ अक्सिजन कन्सनट्रेटर उपलब्ध गराउने उद्देश्यका साथ १ अक्सिजन कन्सनट्रेटर २ जीवनदान अभियान सञ्चालन गरेको थियो । जसमा करोडौं वरावरको स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको थियो ।

त्यस्तै, चितवनको चेपागं बस्तीमा पनि अधिकारीको नेतृत्वमा बेलायतबाट रकम संकलन गरि कोरोनाको कारण भोकमरीको अवस्थामा रहेका चेपाग बस्तीलाई लाखौ रकम वरावरको राहत सामाग्री वितरण गरिएको थियो । गैर आवासीय नेपालीको नागरिकता, गैर आवासी नेपाली लगानी तथा ब्रिटिश भूपू गोर्खा सैनिकका सबालबारे बेलायतमा सम्पन्न महत्वपूर्ण कार्यक्रमको कुशल संयोजन गरेका अधिकारी नेतृत्व क्षमतामा पनि अब्बल मानिन्छन् । केन्द्रीय कार्यसमितिदेखि विश्वभर रहेका गैरआवासीय नेपाली संघ राज्यसमितिमा समेत आफ्नो बलियो पकड बनाएका उर्जाशिल युवा अधिकारी गैरआवासीय नेपाली संघको आगामी निर्वाचनमा केन्द्रीय कार्यसमिति सचिवका बलियो दाबेदारका रुपमा प्रस्तुत भएका छन् । ‘चुनावमा सवैको साथ र सहयोग रहन्छ भन्ने विश्वास छ, अहिलेसम्म जे काम गरेको छु, सवैमाझ छर्लंग छ, त्यसैले सवैको सुझाव अनुसार सचिवमा उम्मेदवारी दिने निर्णय लिएको हुँ ।’ अधिकारीले नेपालन्युजपोस्टसंग भने ।त्यस्तै, अधिकारीले अनलाईन मतदानप्रति खुसी ब्यक्त गर्दै बेलायतमा अनलाईन मतदान उत्साहजनक रुपमा सम्पन्न भएको पनि बताए । अधिकारीले अनलाईन मतदान सम्पन्न गर्ने निर्वाचन समितिलाई पनि धन्यवाद ज्ञापन गर्नु भयो । साथै नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना समेत व्यक्त गरे ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार