{"source":"other","uid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1629519988898","origin":"unknown","fte_sources":["331537211041201"],"used_sources":"{"sources":[{"type":"ugc","id":"331537211041201"}],"version":1}","premium_sources":[],"is_remix":true}

टोकियो/जापान । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तराष्ट्रिय समन्वय परिषदका महासचिव डा. हेमराज शर्माले आगामी कार्यकालका लागि उपाध्यक्ष पदमा उमेद्वारी दिने घोषणा गरेका छन् ।

नेपाल न्यूजपोस्ट डट कमका लागि कार्यक्रम बेलाको बहस संग कुराकानी गर्दै शर्माले अहिले महासचिब भएकाले आफु स्वतः उपाध्यक्षको उमेद्वार भएको उल्लेख गरेका हुन् ।

‘मेरो विकल्प भनेको कि महासचिवमै दोहोरोरिने कि त अध्यक्ष या उपाध्यक्ष मै जाने हो’ शर्माले भने ‘अध्यक्षमा अझै तयारी पुगेको छैन त्यसैले उपाध्यक्षमै जानुको विकल्प भएन ।’ महासचिव भैसकेको मान्छे उपाध्यक्षमा जान्छु भन्नु स्वाभाविक भएको उनको तर्क थियो ।

यस अघि गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जापानको महासचिव भैसकेका शर्मा हाल यूकेमा बसोबास गर्छन ।

 

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार