{"source":"other","uid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1634613625419","origin":"unknown","fte_sources":["331537211041201"],"used_premium_tools":false,"used_sources":"{"version":1,"sources":[{"type":"ugc","id":"331537211041201"}]}","premium_sources":[],"is_remix":true}

जापान । गैरआवासीय नेपाली संघ अन्तरराष्ट्रिय समन्वय परिषद(आईसिसि)को कार्यकाल ६ महिना थप गरिएको छ ।

अध्यक्ष कुमार पन्तको अध्यक्षतामा बसेको संघको बैठकले बिधानको धारा १३ को उपधारा २ बमोजिम ६ महिना कार्यकाल थप्ने निर्णय भएको प्रबक्ता डि बि क्षेत्रीद्वारा जारी बिज्ञप्तीमा उल्लेख गरिएको छ ।

बिज्ञप्तीमा उल्लेख गरिए अनुसार संघको महाधिबेशन नोभेम्बर ३० भित्रै गर्ने गरी परराष्ट्र मन्त्रालय सँग समन्वय गर्ने जिम्मा अध्यक्ष कुमार पन्तलाई दिने निर्णय समेत गरिएको छ ।

महाधिबेशन प्रतिनिधिका बिषयमा उठेका गुनासाहरुलाई सम्बोधन गर्न पूर्व अध्यक्षहरु सम्मिलित स्वतन्त्र समिति गठन गर्ने निर्णय समेत भएको महासचिव डा. हेमराज शर्माले जानकारी दिए ।

संघको यसै महिना हुनुपर्ने निर्वाचन स्थगित भएपछि कार्यसमितिको बैठकले ६ महिना कार्यकाल थप गरी अर्को महिना भित्र निर्वाचन गर्ने निर्णयमा पुगेको महासचिव शर्माको भनाइ छ ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार