{"source":"other","uid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1637627461387","origin":"unknown","is_remix":true,"used_premium_tools":false,"used_sources":"{"sources":[{"id":"331537211041201","type":"ugc"}],"version":1}","premium_sources":[],"fte_sources":["331537211041201"]}

दीपक गौतम । गैर आवासीय नेपाली संघ (एनआरएनए) को नया निर्वाचन गर्ने जिम्मा संरक्षक परिषदलाइ दिनु भन्ने परराष्ट्र मन्त्रालयको निर्देशनप्रति बर्तमान कार्यसमिति रुष्ट बनेको छ । केही दिन अघि परराष्ट्र मन्त्रालयले पत्र लेखेर आगामी निर्वाचन गराउने जिम्मा संरक्षक परिषदलाइ दिनु भनि निर्देशन दिएको थियो ।

निर्वाचन कार्यसमितिलाई काम गर्न रोक लगाउने गरि नया निर्देशन जारी भएपछि अध्यक्ष कुमार पन्तले अमुक व्यक्तिलाई जिताउन राज्य शक्तिनै लागेको आरोप लगाउदै त्यसका बिरुद्द अदालत जाने चेतावनी दिएका छन् ।

‘६५ प्रतिशत निर्वाचन प्रतिनिधि चयन गर्ने निर्वाचन सम्मन्न हुनुपूर्वको समितिले हो’ अध्यक्ष कुमार पन्तले भने ‘६५ प्रतिशत प्रतिनिधि छान्ने जिम्मा नया कार्यसमितिलाई दिनु भनेर निर्देशन दिइएको छ, त्यसैले हामीलाई स्वीकार्य छैन ।’

पन्तका अनुसार ६५ प्रतिशन निर्वाचन छान्ने काम निर्वाचन हुनुपूर्वको कार्यसमितिको हो भनेर विधानमा प्रष्ट लेखिएको छ । परराष्ट्रको निर्देशन नमान्ने उनले चेतवानी दिएका छन् । गएराती अनलाइन मार्फत पत्रकारहरु संग कुरा गर्दै पन्तले भने ‘निर्वाचन तोकिएकै समयमा हुन्छ र परराष्ट्रको निर्देशन हाम्रो बिधान बिपरित भएकाले मान्न बाध्य छैनौ ।’

गैर आवासीय नेपाली संघको बिधानमा ६५ प्रतिशत प्रतिनिधि छान्ने जिम्मेवारी निर्वाचनपूर्वको कार्यसमितिलाइ दिइएको भए पनि असन्तुष्ट कुल आचार्य समुहले नया कार्य समितिले ६५ प्रतिशत प्रतिनिधि छान्न पाउनुपर्ने माग राख्दै आएका थिए ।

त्यस्तै समयमै अधिबेशन सम्पन्न गर्न नदिने र बर्तमान कार्यसमितिको म्याद सकिएको भन्दै संरक्षक परिषद मार्फत निर्वाचन गराउने चाहना पनि आचार्य समुहको रहेको र त्यसलाई राज्य संयन्त्रले सहयोग गरिरहेको सस्थापन पक्षको बुझाइ छ ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार