रसियाले युक्रेन माथि आक्रमण गर्न थाले देखि हाल सम्म युक्रेनबाट करिब ५०० जना गैरआवासीय नेपालीहरुको उद्दार गरेको एनआरएनएले जनाएको छ ।

गैर आवासीय नेपाली संघ (एनआरएनए ) को काठमाण्डौमा सुरु भएको १० औँ महाधिवेशनमा प्रतिबेदन पेश गर्दै महासचिव डा. हेमराज शर्माले युक्रेनबाट ५०० भन्दा बढी नेपालीहरुको उद्दार गरिएको जानकारी दिएका हुन् ।

विधानतः अघिल्लो वर्ष नै अधिवेशन गरिसक्नुपर्ने भएपनि विवादका कारण हुन नसकेको महाधिवेशन आज देखि काठमाण्डौमा सुरु भएको हो । ललितपुरस्थित होटल हिमालयमा सुरु भएको अधिवेशनको उद्टघाटन सस्थापक अध्यक्ष डा. उपेन्द्र महतो, पूर्व अध्यक्षहरु जीवा लामिछाने, भवन भट्ट र अध्यक्ष कुमार पन्तले संयुक्त रुपमा गरेका हुन ।

लामो समयको विवाद साम्य पार्न २ जना अध्यक्ष गराएर जाने अध्यक्षका प्रत्यासीहरुबीच सहमति भएकाले बन्दशत्रमा बिधान संसोधनको प्रस्ताव पनि पेश हुने कार्यसूची रहेको छ ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार