टोकियो/जापान। गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको आगामी कार्यकाल(सन २०२३-२५)को लागि देवराज उप्रेतिले उपाध्यक्ष पदमा उम्मेदारी दिएका छन् ।

वर्तमान कार्यसमितिका सचिव पदमा रहेका उप्रेतीले “गतिशिल शसक्त संस्थागत र सामाजिक एकता,प्रविधी मैत्री एनआरएनए बनाउने मेरो प्रतिबद्धता ”भन्ने मुल नाराका साथ उपाध्यक्ष पदमा आफ्नो दाबेदारी प्रस्तुत गरेका हुन् ।

सन २०११ मा विद्यार्थी भिषामा जापानको  फुकुओका शहरमा आएका उप्रेती क्युस्यु क्षेत्रीय समिति(सन २०१५–२०१७)कार्यकालमा सदस्य र त्यहि कार्यकालमा सचिवको जिम्मेवारी सम्हाल्दै (सन २०१७–२०१९ )कार्यकालमा उप–संयोजक र (सन २०१९–२०२१)कार्यकालमा संयोजक तथा सन २०२१–२०२३ कार्यकालको लागि एनसीसी जापानको सचिव पदको जिम्मेवारीमा रहेर सामाजिक क्षेत्रमा सक्रिय रहँदै आएका छन्।

एनआरएनए जापानको यहि जुलाई २९ तारिख,११ औँ अधिवेशन तथा ३० तारिख निर्वाचन तय भएको छ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार