काठमाडौं । नेपाल एपिएफ क्लबले केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि जितेको छ ।
शुक्रबार भएको प्रतिस्पर्धात्मक खेलमा चिरपरिचित प्रतिद्धन्द्धी न्यु डायमण्ड एकेडेमीलाई ३–२ को प्रतिस्पर्धात्मक सेटमा पराजित गर्दै एपिएफले उपाधि रक्षा गरेको हो । त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा भएको प्रतिस्पर्धात्मक र रोमाञ्चक बनेको फाइनल खेलमा शुरुवाती दुई सेट आफ्नो पक्षमा पार्दै एपिएफले उपाधि यात्रालाई बलियो बनाएको थियो । एपिएफले शुरुवाती दुई सेट एपिएफले २५–२२ र २५–१८ ले आफ्नो पक्षमा पारेको थियो । तर, त्यसपछि खेलमा फर्किएको डायमण्डले लगातार दुई सेट जित्दै खेललाई रोमाञ्चक मोडमा पु¥याएको थियो । डायमण्डले तेस्रो र चौथो सेट क्रमशः २५–१८ र २५–१८ ले जित्दै खेलाई दुई–दुईको बराबरीमा ल्याएको थियो । तर, निर्णायक सेटमा डायमण्ड चल्न नसक्दा एपिएफलाई १५–८ मा नतिजासहित उपाधि पनि सुम्पियो ।
जितपछि एएिफका प्रशिक्षक ज्ञानेन्द्र कार्कीले सुरुवाती दुई खेल जितेर पनि तेस्रो र चौथो सेट खेलाडी नर्भस भएर खेल्न नसकेको बताए । यता, न्यु डायमण्डका प्रशिक्षक कुमार राईले बलियो एपीएफविरुद्ध उत्कृष्ट कमब्याक गरेपनि ब्लक र अलराउन्डर पोजिसनका खेलाडी खेल्न नसक्दा पराजित भएको बताए । उपाधिसँगै एपिएफले १ लाख ५० हजार प्राप्त ग¥यो । उपविजेता बनेको न्यु डायमण्डले १ लाखमा चित्त बुझायो । तेस्रो भएको पश्चिमाञ्चलले ५० हजार रुपैयाँ प्राप्त ग¥यो । शुक्रबार नै भएको खेलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई २२–२५, २५–१८ र २२–२५, २६ –२४ र १५–१३ को सेटमा पराजित गर्दै पश्चिमाञ्चलले तेस्रो स्थान हासिल गरेको थियो ।
प्रतियोगितामा एपिएफ क्लबकी सरस्वती चौधरीले सर्वोत्कृष्ट खेलाडी बन्दै १५ हजार नगद रुपैयाँ पुरस्कार प्राप्त गरिन् । त्यस्तै व्यक्तिगत विधागत उत्कृष्ट स्पाइकर न्यु डायमण्डकी प्रतिभा माली, उत्कृष्ट सेटर न्यु डायमण्डकै कृपा अधिकारी, उत्कृष्ट सर्भर एपीएफकी नेविका चौधरी, उत्कृष्ट ब्लकर पुनम चन्द, उत्कृष्ट क्विकर एपीएफकी उषा बिष्ट, उत्कृष्ट लिब्रो सलिना श्रेष्ठ घोषित भईन् । उत्कृष्ट हुनेले जनही तीन तीन हजार रुपैयाँ प्राप्त गरे ।
बिजेता खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिब केशब कुमार बिष्ट, नेपाल भलिबल संघका अध्यक्ष मनोरन्जन रमण शर्मा, आयोजक शेरबहादुर खड्का स्मृति प्रतिष्ठानका अध्यक्ष रन्जन खड्का लगायतले पुरस्कृत गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा असामान्य रूपमा चाँडै फैलियो इन्फ्लुएन्जा, संक्रमितको संख्या लगातार बढ्दै
- एशियाली खेलकुद जापानमा सकियो, अब २०३० मा कतारमा हुने
- ओसाकास्थित नेपाली मन्दिरमा पाँचौँ चरणको सरसफाइ गर्दै ब्लु ब्वाइज युनियन
- जापानबाट जन्मभूमिमा खेलकुद अभियान जोड्दै दिलेन्द्र जोशी, लेकममा दशैं कप हुने
- जापानमा अक्टोबरदेखि भिसा नवीकरण शुल्क बढ्दै : १ वर्षको ३३ हजार, स्थायी बसोबासको २ लाख येन
- जापानमा नेपाली विद्यार्थीको पढाइ, रोजगारी र भविष्यबारे सेमिनार सम्पन्न
- नवलपुर समाज जापानको अध्यक्ष पदका लागि तीन जनाको नाम चर्चामा
- जनसम्पर्क समिति जापानले सबै क्षेत्रमा अधिबेसन गर्ने, प्रवक्तामा राजेश खनाल मनोनीत
- डायस्पोरा : विदेशमा नेपालको ‘बाह्रौँ खेलाडी’स्टेडियम भराउने नेपाली भीडले खेलाडीको प्रदर्शनमा कति फरक पार्छ?
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने




