काठमाडौँ, ७ चैत्र । नेत्र विक्रम चन्द “विप्लव” नेतृत्वको नेपाल कम्नियुष्ट पार्टी नेकपाका प्रवक्ता खड्क बहादुर विश्वकर्मा “प्रकाण्ड” लाई पक्राउ गर्न नेपाली सेनाको टोलि गाउँ पसेको छ ।
नेकपाको तोस्रो वरियताका प्रभावशाली नेता प्रकाण्डलाई खोज्न संयुक्त सुरक्षा निकायको टोली कालिकोटको सान्नित्रिवेणी , रास्कोट हुँदै नरहरिनाथ गाउँपालिका पसेको हो ।
नेकपाको गतिविधिमा रोक लगाउन र प्रवक्ता प्रकाण्डसहितका कार्यकर्तालाई नियन्त्रणमा लिन गस्ती टोलि गाउँ पसेको बताइएको छ ।
नेकपाको पकड क्षेत्र मानिने कालिकोटमा ‘नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त गस्ती गाउँतिर गएको कालिकोट जिल्लाका प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्कीले जानकरी दिए ।
त्यहाँका सुरक्षा निकायले प्रवक्ता प्रकाण्ड कालिकोट आएको आशंकामा गस्ती अभियान तीव्र बनाएको बताइएको छ । नेकपाका उच्च तहका नेताहरू कालिकोट आएको भन्ने सूचना प्राप्त भएकाले घेराउ गरी पक्राउ गर्न गाउँ केन्द्रित गस्ती सुरु गरिएको जिल्ला प्रहरी प्रमुख विनोद शर्माले बताए ।




