भैरहवा : भिसा प्रयोजन विपरीत काम गरेको र क्रिश्चियन धर्मको प्रचारप्रसार गरेकाे आराेपमा दुईजना विदेशी नागरिकलाई रुपन्देही प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा जापानका ४१ वर्षीय मेर्सिया माशाहिरो (राहदानी नम्बर ‘टिके २४८५६००) र ३६ वर्षीया युकारी हासीमोटो (राहदानी नम्बर ‘टिके ९७३२५२) रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ। माशाहिरो र हासीमोटो श्रीमान श्रीमती हुन्।
पोखरास्थित शिवशक्ति क्याम्पसको बिए प्रथम वर्षमा अध्ययनका लागि भन्दै विद्यार्थी भिसामा जापानबाट नेपाल आएका उनीहरु रुपन्देहीको सालझण्डीस्थित घरभाडामा बस्दै आएका थिए। भिसा प्रयोजन विपरीत बसेर क्रिश्चियन धर्मको प्रचारप्रसार गरिरहेको जनगुनासो आएपछि उनीहरुलाई पक्राउ गरिएको रुपन्देहीका प्रहरी प्रमुख एसपी हृदय थापाले जानकारी दिए।
यसअघि पनि उनीहरुले धर्म प्रचारप्रसार गर्न नेपाल आएको खुलेको छ। तर पक्राउ भने परेका थिएनन्। प्रहरीले सैनामैना नपा १० सालझण्डीस्थित उनीहरु बस्दै आएको घरभाडाका घरधनी धुव्र नारायण भट्टराईलाई पनि पक्राउ गरेको छ।
घरको माथिल्लो तल्लामा पक्राउ परेका जापानी नागरिक बस्दै आएको र तल्लो तल्लामा क्रिश्चियन धर्मसम्बन्धी प्रवचन गरिँदै आएको छ। पक्राउ परेका विदेशी नागरिकको कोठाबाट क्रिश्चियन धर्मको प्रचारप्रसारका लागि आवश्यक पर्चा पम्पेलटलगायतका कागजपत्र बरामद भएको एसपी थापाले बताए। पक्राउ परेका भट्टराईमाथि अभद्र व्यवहार मुद्दा दायर गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
अन्नपुर्णपोष्टबाट
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




