अर्घाखाँचीको सन्धिखर्क नगरपालिका ११ डिभर्ना धारामाथिनिवासी गीता भुसालको घरमा दुईवटा मात्र माउ बाख्रा छन्। तिनका पाठापाठी बेचेर वार्षिक तीन लाख आम्दानी गर्न उनी सफल भएकी छन्।दुई वर्षको अवधिमा दुई मात्र बाख्रा पालेकी भुसालले बोका र पाठी बिक्रीबाटै पौने चार लाख कमाउन सफल भएकी हुन्। अहिले झन्डै २ लाखका पाठापाठी बिक्रीका लागि तयार छन्। यो आम्दानी अन्य व्यवसायबाट प्राप्त गर्न कठिन परि श्रम गर्नुपर्छ। ‘धेरैवटा पाल्नु पनि पर्दैन रहेछ, दुःख पनि छैन दुईटाको स्याहार गर्न’, उनले भनिन्, ‘यिनैबाट पौने चार लाख कमाएँ। पाठापाठी तयार छन्।
अब २÷४ दिनमै बेच्नेछु। भुसाल मात्र हैन, डिभर्नाका कृषकले बोयर जातका बोकाको बिक्रीबाट मनग्य आम्दानी गर्न सफल भएका छन्।डिभर्ना यतिबेला बोयर जातका बाख्रा उत्पादनको स्थल बनेको छ। मासुजन्य उत्पादकत्व सुधार तथा बोयर वर्णशंकर उत्पादन का र्यक्रमअन्तर्गत जालकाँडा बाख्रापालन समूह सन्धिखर्क नगरपालिका डिर्भनाका किसानले शुद्ध बोयर जातका बोकाको प्रयोग गरी उत्पादनमा तेब्बर वृद्धि गरेका छन्। दुई वर्षअघि अष्ट्रेलियाबाट प्रतिबोका ३ लाखका दरले १५ वटा बोयर बोका ल्याएपछि बोयर जातको बाख्रा उत्पादनमा वृद्धि भएको हो।

परम्परागत रूपमा पालिँदै आएका खरि जातका बाख्रामा उन्नत बोयर बोका क्रस गराएर ६ महिनामै ४० केजी सम्मको मासु उत्पादन हुन थालेपछि बाख्रापालन व्यवसाय फस्टाउँदै गएको हो।डिभर्नामा कृषकले बोयर जातका बोकाको क्रस गरेर जन्माएका बोकाको बिक्रीबाट मात्रै डेढ करोड रुपैयाँ आम्दानी गर्न सफल भएको समूहका अध्यक्ष गोपाल बस्यालले बताए। उनकोमा रहेको एउटा बोको एक सय ६५ केजीको छ। उक्त बोको हेर्न आउने र बोकोसँग फोटा खिच्नेको पनि भीड बढेको छ। किसानका लागि उन्नत बीउ बिजन कार्यक्रमअन्तर्गत डिर्भनामा १५ वटा बोयर जातको बोका वितरण गरिएको हो।
गाउँका १ सय ५३ घरधुरी संलग्न रहेको समूहले अहिले १५ सय बाख्रापालन गर्दै आएका छन्। बोयर जातका बोका बाख्रामा लगाएर उत्पादनमा तेब्बर वृद्धि भएको छ । समुदायमा आधारित कार्यक्रम सञ्चालन गरेपछि स्थानीयले मनग्ये आम्दानी गर्दा खुसी भएका छ न्। किसानका लागि उन्नत बीउबिजन परियोजनाका प्रोग्राम म्यानेजर कौशलकुमार पौडेलले बताए।यहाँ उत्पादित ३ महिनामै ३० किलो र वार्षिक एक क्वीन्टलभन्दा बढी मासु हुने बोयर बोका बिक्रीका लागि जिल्ला बाहिर सल्यान, रुकुम, प्युठान, स्याङ्जा, पाल्पा, गुल्मी सहितका १५ जिल्लामा पठाइएको छ।
एउटा पाठा वा पाठी जन्मँदा नै ४ देखि ५ किलोको हुन्छ, पहिलेको काठे बाख्रापालनमा १ वर्षमा २५ किलो हुन्थ्यो भने अहिले बोयर जातको बोका ल्याएपछि ३ महिनामै ३० किलोको हुन्छ। बाख्राले पनि ३/४ वटा पाठापाठी पाउने र बोकालाई छाडा नछोडी व्यव स्थित खोर बनाइ बाँधेर राखिएको अध्यक्ष बस्यालले बताए। डिभर्नामा रहेको जालकाडा बाख्रापालन समूहमा अहिले १५ सयको हाराहारीमा बाख्रा छन्। डेढ वर्षअघि ल्याएका बोयर जातीका बोका अहिले १२ सयभन्दा बढी बाख्रामा लागेका छन्।बोयर जातको बोका वितरण गरेसँगै सोही वडाका बासिन्दा बाख्रापालनबाट आत्मनिर्भर बन्दै गएका छन्। अहिले सबै घरधुरीमा कम्तिमा तीनदेखि ३५ वटासम्म बाख्रा छन्।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




