इलाम । राष्ट्रपति विद्यादेवी भण्डारीले बहुभाषिक, बहुधार्मिक, बहुजातीय मुलुक नेपालका सबै भाषा, धर्म र संस्कृतिको संरक्षण र सम्वद्र्धन हुनुपर्ने बताएकी छन्।
स्थानीय चुलाचुली गाउँपालिका–१ कमलमा रहेको महागुरू फाल्गुनन्द बहुभाषिक पाठशालाको दोस्रो वार्षिकोत्सवको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले सबै भाषा, धर्म र संस्कृतिको जगेर्ना गर्नु सबैको कर्तव्य भएको बताइन्।
बहुभाषिक पाठशालाको भौतिक पूर्वाधार र शालिक निर्माणमा स्थानीयवासीले गरेको योगदानको उनले प्रशंसा गरिन्। सो अवसरमा राष्ट्रपति भण्डारीले राष्ट्रिय विभूति फाल्गुनन्दको शालिकसमेत अनावरण गरिन्।
१६ औं राष्ट्रिय विभूति फाल्गुन्दको स्मृतिमा चुलाचुलीमा बहुभाषिक पाठशाला स्थापना गरिएको छ। विसं २०७२ देखि शुरू गरिएको पाठशालामा ८० बालबालिका अध्ययनरत छन्। किरात लिपिमा पढाइ हुने पाठशालामा सबै जातजातिका बालबालिका निःशुल्क अध्ययनरत छन्।
संघले स्थापना गरेर सञ्चालन गर्दै आएको पाठशालामा अबदेखि संस्कृतसहित अन्य भाषाको पनि पढाइ सञ्चालन गरिने लक्ष्य रहेको पाठशालाले जनाएको छ। पाठशालामा किरात लिपि, नेपाली र अंग्रेजीका तीन शिक्षक छन्।रासस
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




