सिरहा । सिरहाको निरदनामा अज्ञात समूहले चलाएको गोली लागेर दुई जना जना सुरक्षाकर्मी घाइते बनेका छन् ।घाइते हुनेमा प्रहरी जवान मागेराम यादव र म्यादी प्रहरी आदर्श यादव रहेका छन् ।सुरक्षा चेकजाँचका क्रममा मोटरसाइकलमा आएका दुई जना मध्ये एक जनाले गोली चलाएका प्रहरीले जनाएको छ। मागेरामको पेटमा र आदर्शको कोखमा गोली लागेको प्रहरीले जनाएको छ ।दुवै जनालार्इ उपचारको लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पूर्याइएकाे छ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार