काठमाडौं : सबैभन्दा छोटो समयमा सगरमाथा हिमाल आरोहण गरी विश्व कीर्तिमान कायम गरेको भनिएका आरोही पेम्बा शेर्पाको कीर्तिमान सर्वोच्च अदालतले खारेज गरेको छ। सर्वोच्चका न्यायाधीश चोलेन्द्रशम्शेर जबरा र डम्बरबहादुर शाहीको संयुक्त इजलासले आठ घन्टा १० मिनेटमा सगरमाथाको चुचुरो चुमेको कुनै आधार नभएको भन्दै पेम्बाको कीर्तिमान मंगलबार खारेज गरेको हो।
मन्त्रिपरिषद्ले समेत कीर्तिमान कायम गरेको भनी निर्णय गरे पनि कुनै आधार प्रमाण नभेटिएकाले अदालतले पेम्बाको दाबी खारेज गरी लाक्पा गेलुको पक्षमा फैसला सुनाएको उनका वारेसनामा खोजिन्द्रप्रसाद घिमिरेले जानकारी दिए। सन् २००४ मे २१ मा पेम्बा दोर्जी शेर्पाले आधारशिविरदेखि चुचुरोसम्म सबैभन्दा छिटो पुगेको झुटो प्रमाण पेस गरी प्रमाणपत्र लिएको दाबीसहित लाक्पा गेलु शेर्पाले सर्वाेच्चमा रिट दिएका थिए।
पर्वतारोहणसम्बन्धी नियमावली, २०५९ को नियम ३० सँग सम्बन्धित अनुसूची ११ बमोजिम सम्पर्क अधिकृतले पेस गर्र्ने प्रतिवेदनमा सोही अनुसूची २३ अनुसार पर्वतारोहीले यात्रा गरेको महत्वपूर्ण ठाउँको फोटो, पर्वतारोही दलका सदस्यसमेत उपस्थित भएको आधारशिविरको फोटो, पर्वतारोही दलको नेताको प्रतिवेदन नभएकाले इजलासले रिट खारेज गरेको हो।
प्रमाणबिनै पर्यटन विभागले आरोहण गरेको प्रमाणपत्र दिएको दाबी गेलुको थियो। नियम ३१ को अनूसूची १२ बमोजिम पर्वतारोहण दलका नेताले पेस गर्नुपर्ने प्रतिवेदनमा आधारशिविर भन्दामाथि गएका सदस्यको संख्या उल्लेख गर्नुपर्ने व्यवस्था भए पनि नगरेको पाइएको छ। आरोही पेम्बा दोर्जी शेर्पाले सगरमाथा शिखरमा पुगेको फोटोसमेत सम्पर्क अधिकृतले पेस नगरेको अदालतको ठहर छ। शिखर आरोहण देख्ने साक्षी कोही छैन। पेम्बा दोर्जीको सगरमाथा आरोहण गरेकोे देखेको वा त्यस्तो व्यहोरा प्रतिवेदनमा उल्लेख छैन।
आरोहण गरेको भनी मन्त्रालयको मिति २०६१÷०५÷२९ को निर्णय तथा २०६१÷०५÷३१ को प्रेस विज्ञप्तिमा समेत सगरमाथा शिखरमा पुगेको तस्बिर र साक्षीजस्ता ठोस प्रमाणबिना नै हचुवाका आधारमा प्रमाणित गरेको अदालतले ठहर गरी पेम्बाको कीर्तिमान खारेज गरेको हो। पेम्बाले गिनिज बुकमार्फत विश्व कीर्तिमान कायम गरेको प्रमाणपत्रसमेत लिइसकेका छन्। सरकारले कीर्तिमान प्रमाणपत्र सहज तरिकाले वितरण गर्दा नेपालको साहसिक क्षेत्रमा नकारात्मक सन्देश पुगेको जानकारहरूको गुनासो छ।
आरोहणमा ग्लोबल पोजिसनिङ सिस्टम (जीपीएस) अनिवार्य गर्न आरोहीले माग गरे पनि पर्यटन विभागले आलटाल गर्दा यो अवस्था आएको पर्वतारोही लाक्पा शेर्पाको आरोप छ। सन् २००४ मे २१ मा सगरमाथा शिखरको क्षेत्रमा ज्यादै खराब मौसम भएको कारणबाट दक्षिण मोहोडा नेपालको सोलुखुम्बु वा उत्तर मोहोडा चीनको तिब्बत क्षेत्रबाट कसैले पनि पर्वतारोहण नगरेको नेपालमा बसेर सन् १९६३ देखि पर्वतारोहणसम्बन्धी अध्ययन गर्ने अमेरिकी अल्पाइन क्लबले जनाएको छ।
झुट्टा एवं काल्पनिक विवरण पेस गरी कीर्तिमान कायम गरेको पेम्बा मात्र नभएर अन्य कीर्तिमानीसमेत रहेको पर्वतारोही नै बताउँछन्। यो घटनाले पैसाले कीर्तिमान किन्ने गरिएको प्रमाणित भएको पर्वतारोहण क्षेत्रका जानकारले दाबी गरे। सन् २०१६ मे २३ मा भारतीय प्रहरी सेवामा कार्यरत दिनेश राठोड र निजकी श्रीमती तारकेश्वरीले नक्कली तस्बिर प्रयोग गरी सगरमाथा आरोहणको दाबी गरी पर्यटन विभागबाट प्रमाणपत्र लिएका थिए।
स्रोत:अन्नपुर्णपोष्ट
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




