लमजुङ/ सार्क भिलेजका रुपमा परिचित लमजुङको घलेगाउँका बासिन्दाले घरमै बसीबसी हजारौं कमाउन थालेका छन् । घलेगाउँमा सञ्चालित होमस्टे नै गाउँलेहरुको भरपर्दाे आम्दानीको श्रोत बनेको छ । ६ देखि १० जना पर्यटक बस्न मिल्ने हरेक होमस्टेले मासिक ८० हजारसम्म आम्दानी गर्ने गरेको क्व्होलासोंथर गाउँपालिकाका अध्यक्ष प्रेम घलेले जानकारी दिनुभयो ।
अन्नपुर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को संरक्षित क्षेत्रभित्र पर्ने घलेगाउँमा जाने पर्यटकमध्ये आधाभन्दा बढी आन्तरिक पर्यटक हुने गरेको उहाँले बताउनुभयो । विगत ४ महिनामै त्यहाँ करीब ५ हजार आन्तरिक पर्यटक भित्रिएका छन् ।
सदरमुकाम बेंसीसहरदेखि २६ किलोमीटर र काठमाडौंदेखि १ सय ७५ किलोमीटरको यात्रामा पुगिने घलेगाउँबाट माछापुच्छ्रे, अन्नपुर्ण, हिमालचुली, मनास्लु, बौद्ध लगायतका हिमचुचुराहरु अवलोकन गर्न सकिन्छ ।
वि.सं. २०५७ मा पहिलोपटक महोत्सवबाट ग्रामीण पर्यटन प्रवद्र्धनका कार्यक्रम संचालन गरेको घलेगाउँ अहिले पर्यटकीय गन्तब्य बनेको ग्रामीण पर्यटन ब्यवस्थापन समितिका अध्यक्ष समेत रहेका प्रेम घलेले बताउनुभयो । फिल्म तथा म्युजिक भिडियोका लागि घलेगाउँ धेरैको गन्तव्य बन्ने गरेको छ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




