बार्सिलोनामा नेइमारको ठाउँमा अब उसमानले लिने
भाद्र१३ स्पेनिस क्लव बार्सिलोनाले नेइमारको ठाँउमा उसमान डेम्बेलेलाई भित्राएको छ । नेइमार विश्व कीर्तिमानी मूल्य २० करोड पाउण्डमा पेरिस सेन्ट जर्मेन पिएसजी गएपछि उनको ठाउँमा बार्सिलोनाले बोरुसिया डर्टमुण्डका फरवार्ड डेम्बेलेलाई अनुबन्ध गरेको हो । डेम्बेलेलाई बार्सिलोनाले ९ करोड ६८ लाख पाउण्डमा अनुबन्ध गरेको हो तर यो रकम १३ करोड ५५ लाख पाउण्डसम्म पुग्ने बताइएको छ । अनुवन्धसँगै डेम्बेले विश्वका दोस्रो महंगा खेलाडी...

